सहरको रहरले गाउँ बन्याे खण्डहर

गोरखा । बारीका ठुल्ठूला स्वाँरा (गरा)को माझामाझीमा एउटा सुन्दर बस्ती थियो। ढुंगामाटाका गारो। स्लेट ढुंगाको छाना। सबै घरमा आँखीझ्याल। कठबार ठोकेका कौशी र बार्दली निकालिएका दुई–तीनतले घर। एकबाट अर्को घर जोड्ने बाटोमा पनि ढुंगा बिछ्याइएको। गाउँको माझमा भीमसेन मन्दिर। गाउँ आसपास सुन्तला र आँपका बगैँचा। बेदमकली, गोलैँची (चुवा), गुलाबका बगैंचाले सुन्दर बनाएको यो गाउँको नाम... The post सहरको रहरले गाउँ बन्याे खण्डहर appeared first on Purbeli News.

सम्बन्धित सामग्री

सङ्घीयता र ‘खण्डहर’ गाउँ

नेपालको संविधान २०७२ जारी भएसँगै २०७४ सालमा पहिलो पटक सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भयो । तीनै तहको निर्वाचन भएपछि बल्ल सङ्घीयता कार्यान्वयनमा आएको हो । सङ्घीयता कार्यान्वयनमा आएसँगै त्यसको मर्म र भावना अनुसार स्थानीय तहको विकास निर्माणले गति लिने आमनागरिकको अपेक्षा थियो । साथै, घरआँगनमै सरकारको उपस्थिति भएपछि अधिकार, साधनस्रोत र विकासका लागि सिंहदरबारसम्म धाउनु नपर्ने उनीहरूको बुझाइ थियो ।

क्षणभरमै गाउँ खण्डहर

‘भूकम्पले आमासँगै १३ र तीन वर्षका बहिनीहरू च्यापिएका थिए,’ सुरजले भने, ‘रातभरि एक्लै ढुंगा पन्छाएर उद्धार गरें ।’...

बाढीले क्षतविक्षत कागबेनीलाई पुरानै स्वरुपमा फर्काउन गाउँलेको उदाहरणीय हातेमालो

बाढी पहिरोले कागबेनीवासीलाई ठूलो क्षति पुर्याए पनि उनीहरु हतोत्साही छैनन् । सरकारसँग गुनासो बोकेर बस्नुभन्दा आफ्नै बलबुताले गाउँ पुनर्निर्माणमा जुटेका छन् ।

नमुना बस्ती खण्डहरमा परिणत

डोटी सिलगढीदेखि आधा घण्टाको दुरीमा पूर्वीचौकी गाउँपालिका–२, बाटेओखर रहेको छ। बाटेओखर सडक छेउमै खण्डहर बनेको नमुना बस्ती देखिन्छ। पहिलो पटक सो क्षेत्रमा पुग्नेलाई सिङ्गो गाउँ नै ठुलै विपत्मा परेर स्थानीय गाउँ छोडेर गएको जस्तो लाग्न सक्छ तर यो मानवरहित खण्डहर बस्तीको कथा भने बेग्लै छ।

खण्डहर बन्दै समायोजनमा परेका विद्यालय

स्याङ्जाका गाउँ गाउँमा स्थापना गरिएका सामुदायिक विद्यालयमध्ये धेरै अहिले अस्तव्यस्त भएका छन्। विद्यार्थीको सङ्ख्या घट्न थालेपछि स्याङ्जा जिल्लामा छ दर्जन सामुदायिक विद्यालय छन्। गाउँका विद्यालय लथालिङ्ग र अस्तव्यस्त अवस्थामा पुगेका हुन्। जसले गर्दा सरकारले विद्यालयको भौतिक संरचनामा खर्चेको करोडौँ रकम खेर गएको छ।

विज्ञको गाउँ बिरानो

मुलुकका अधिकांश गाउँ यतिबेला सुनसानजस्तै छन् । गाउँका उर्वर पाखाबारी पनि बाँझै छन् । गाउँ र पाखाबारी मात्रै होइन गाउँमै जन्मेर पनि देशको महìवपूर्ण ओहोदामा पुग्नेका गाउँघर पनि सुनसान छन् । यहाँ प्रसङ्ग उठाउन खोजिएको बैतडीको हो । नेपालको विकास प्रशासनका ज्ञाता, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, देश विदेशमा नाम चलेका विशेषज्ञ डाक्टर, इन्जिनियर, न्यायाधीश, राष्ट्रिय अनुसान्धानका निवर्तमान प्रमुख, संयुक्त राष्ट्रसङ्घ (न्युयोर्क) का पूर्वराजदूतलगायत दर्जनौँ राष्ट्रसेवक जन्माएको छ बैतडीले । उक्त जिल्लाको एउटा वडाको पूरै गाउँ अहिले सुनसान र खण्डहर बनेको छ ।

आगलागीपछि खण्डहर बन्यो साइप्रसको जंगल (तस्बिरसहित)

शनिबार साइप्रसमा ठूलो जंगल आगलागी भयो। लगातारको प्रयासपछि आइतबारमात्र आगलागी नियन्त्रणमा आयो।उक्त आगलागीमा चार व्यक्तिको ज्यान गयो। घरहरू खरानी बने। गाउँ रित्तिएका छन्। जनावरहरूको इहलीला भएको छ। आगो निभाउन ग्रीस, इजरायल र अन्य देशहरूले भूमध्यसागरीय टापुमा अग्नि-लडाकु विमानहरू खटाएका थिए।शनिबारबाट सुरू भएको आगलागीले उक्त देशको ट्रोडास पहाडको दक्षिणी भेगलाई प्रभावित पारेको छ।  टाढाटाढासम्म आगोका लप्कोको लहर देखिएको छ भने आकाश मुस्लोले धमिलिएको छ।हालसम्म कति क्षेत्रफलमा आगोले विनास ग

एक करोड लागतमा बनेको मुक्त हलिया बस्ती खण्डहर बन्दै (फोटो फिचर)

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेग नजिकको जङ्गलमा प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तड जोड्ने सिलगढी–झिग्राना सडकसँगै जोडिएको एउटा सानो गाउँ छ । सडकसँगै जोडिएको भिरालो पाखोमा टिनले छाएका तथा झ्याल, ढोका केही नभएका साना–साना केही होचा घरहरू देखिन्छन् । निर्माणाधीन सडक छेउसँगै जोडिएको उक्त गाउँ मुक्तहलियाहरुको नमुना बस्ती हो । उक्त गाउँ अहिले खण्डहर […]

दाङ बङ्गलाचुलीको गाउँगाउँमा राष्ट्रिय जनमोर्चा पुग्दै

दाङ । राष्ट्रिय जनमोर्चा बङ्गलाचुली गाउँपालिकाले पालिकाभित्रका सबै गाउँ र टोलटोलमा राष्ट्रिय जनमोर्चाका समिति बनाउने योजना बनाएको छ । पालिका अध्यक्ष सुमन घर्तीको अध्यक्षता र जिल्लाध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा बसेको बैठकले उक्त कार्यक्रमको तर्जुमा गरेको हो । सो कार्यक्रमअन्तर्गत बङ्गलाचुली–६ को रिभान, तिमिले, सिउडे, गद्दारी र वडा नम्बर ३ को दाङबाङमा भेटघाट तथा छलफल गरी नयाँ योजना तर्जुमा भएका राजमोका पालिका अध्यक्ष घर्तीले बताउनुभयो । उहाँका अनुसार पालिकाभित्रका विभिन्न समस्याका बारेमा पनि पार्टीले जनतालार्इ सुसूचित पार्ने काम गरिने भएको छ । त्यस्तै, वडा नम्बर ६ का सबै गाउँ चुनढुङ्गा उत्खननको नाममा पूरै खण्डहर र मरुभूमिजस्तो बनाइएकोमा त्यसबारेमा पनि राष्ट्रिय जनमोर्चाले जनतालाई सुसूचित गराउने सिलसिला यथावत राख्ने भएको छ ।

विज्ञ जन्माउने गाउँ नै खण्डहर बन्यो !

नेपालको विकास प्रशासनका ज्ञाता, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक, देश विदेशमा नाम चलेका विशेषज्ञ डाक्टर, ईन्जिनियर, न्यायाधिश, राष्ट्रि अनुसान्धानका निवर्तमान प्रमुख, संयुक्त राष्ट्रसंघ (न्युयोर्क) का पूर्व राजदूत लगायत दर्जनौ राष्ट्रसेवक जन्माउने बैतडीको एक वडाको पूरैगाउँ अहिले सुनशान र खण्डहर बनेको छ । दशरथ चन्द नगरपालिका–५, पल्लाचौडालीले जन्माएका प्रतिभाको सूची यो भन्दा अझ लामो छ । गोरखापत्रको टिम समाचार संकलन गर्न २०७६ फागुन १८ गते पल्लाचौडाली पुग्दा न्युयोर्कका पूर्व राजदूत उद्धवदेव भट्ट, म्यानमारका पूर्व राजदूत डाक्टर दिव्यदेव भट्टको घर सुनशान थियो ।