इटहरी गोल्डकप फुटबलको उपाधि कसको पोल्टामा पर्ला त्यो शनिबारकै खेलले निधो गर्नेछ । इटहरीमा जारी १२ औं आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले सगरमाथा युथ क्लब मोरङविरुद्ध प्रतिस्पर्धा गर्नेछ । आर्मी उपाधि रक्षा गर्ने दाउमा छ भने घरेलु टोली सगरमाथा इतिहास रच्ने तयारीमा छ ।