व्यावसायीलाई व्यस्त बनाउने गरि पर्यटकीय गन्तव्यमा आन्तरिक पाहुनाको भीडभाड बढेको छ। मुख्य पर्यटकीय सिजनको बेलामा पनि पर्याप्त विदेशी पाहुना नआउँदा केही सुस्ताएको पर्यटन क्षेत्र आन्तरिक पाहुना थपिएसँगै चलायमान बनेको व्यावसायीले बताएका छन्। पर्यटकीय सहर पोखरा सहित आसपासका पर्यटकीय गाउँ पाहुनामय बनेको त्यहाँका व्यावसायीले बताएका छन्।