काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष २०७७ समग्रमा सफल वर्ष रहेको बताउनु भएको छ ।
आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०७७ राजनीतिक, आर्थिक, सामाजिक लगायत समग्रमा सबै हिसाबले सफल रहेको बताउनु भएको हो । यो वर्ष राजनीतिक हिसाबले पृथकतावादी सोच भएकाहरुलाई राष्ट्रिय एकतामा ल्याएको उहाँले बताउनुभयो ।
‘हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउन सफल भएकाले अब देशमा हिंसाको रजानीति छैन,’ उहाँले भन्नु भएको छ ।
यस्तै, उहाँले नागरिक नै सार्वभौमसत्ता भए...