साथी मार्टले सञ्चालनमा ल्यायो ७६ औं आउटलेट मैतिदेवीमा

भदौ २४, काठमाडौं । नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा दिंदै आएको साथी मार्टले काठमाडौको मैतिदेवीमा ७६ औं आउटलेट सञ्चालनमा ल्याएको छ । साथी मार्टको मैतिदेवी आउटलेट फ्रेन्चाइज नभइ साथी मार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्व (कोको मोडल) मा रहेको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सीईओ सागर पोख्रेलले बताए । उपभोक्ताले साथी मार्टको आधिकारिक वेबसाइटमा आफुलाई आवस्यक सामान रोजेर अर्डर गरि घरैमा डेलिभरी मगाउन सक्ने पनि उनले बताए । । स्टोरबाट ग्राहकले ३५ प्रतिशतसम्मको आकर्षक छूट फल्यास सेल, डिल अफ द मन्थजस्ता अफर गरि सहुलियत पाउने छन् । होम डेलीभरी, पिक अप, अफीलीएट समेतको सुबिधा नयाँ आउटलेटमा उपलब्ध हुने कम्पनीले बताएको छ । आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, पेट फुड, इलेक्ट्रोनिक्स लगायतका सामान विशेष छूटमा रहेका छन् ।  यसका साथै चालू आर्थिक वर्षभित्र फ्रेन्चाइज बाहेक साथी मार्टकै लगानीमा नेपाल विभिन्न शहरमा १० ओटा  आउटलेट खोलिने योजना रहेको सीईओ पोख्रेलले बताए । एफीलीएट योजनासमेत शुरु हुने भएकाले केही महीनामै काठमाडौंका हजरौं युवाले स्वरोजगार हुने मौका पाउने पनि उनले दावी गरेका छन् ।

सम्बन्धित सामग्री

सोनामको पहिलो फ्याक्ट्री आउटलेट सहितको नयाँ शोरुम कलंकीमा

काठमाडौं । नेपाली ब्रान्ड सोनामले आफ्नो पहिलो फ्याक्ट्री आउटलेट हिमालय कम्ल्पेक्स कलंकीमा सञ्चालनमा ल्याएको छ । सोनामको यो आउटलेट सहित शोरुम संख्या २३ वटा पुगेको छ । यो आउटलेटमा वर्षैभरि विभिन्न आइटमहरुमा छुट दिइरहने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ शोरुममा कम मूल्यका उही गुणस्तर तर सबै कलर र साइजका […]

फ्रोयोको नयाँ आउटलेट ठमेलमा

काठमाडौं– भारतीय कम्पनी फ्रोयोको नयाँ आउटलेट काठमाडौंको ठमेलमा खुलेको छ । तीनजना युवा उद्यमीको पहलमा यसको नयाँ शाखा खुलेको हो । ठमेलमा खुलेको यो तेस्रो आउटलेट हो । अच्युत पोखरेल, सिन्धु भण्डारी र संयोग खनाल मिलेर यो शाखा सञ्चालनमा ल्याएका हुन् । बुधबारदेखि सञ्चालनमा आएको फ्रोजन योगर्ट ‘फ्रोयो’को झम्सिखेल र बालुवाटारमा खुलिसकेको छ । यो […]

फिल्ली क्याफेको आउटलेट लाजिम्पाटमा

फिल्ली क्याफे नेपालले एनडी थर्टी नाइन बिजनेस ग्रुपसँगको सहकार्यमा लाजिम्पाटमा आउटलेट सुरु गरेको छ । सञ्चालक नवीन खड्का र ध्रुव रिजालका अनुसार आगामी पाँच वर्षभित्र नेपालमा २५ वटा नयाँ आउटलेट खोल्ने...

टुसालमा ली निङको आउटलेट

खेल पोसाक र सामग्री बिक्री गर्दै आएको ली निङको काठमाडौंमा तेस्रो आउटलेट बौद्धस्थित टुसालमा सञ्चालनमा आएको छ।...

कोटेश्वरको नरेफाटमा साथीमार्टको १०३ औं आउटलेट

नेपालकै ठूलो रिटेल चेन तथा ओटुओ (अफलाइन टु अनलाइन) साथीमार्टको नयाँ आउटलेट नरेफाट, कोटेश्वर–३२ मा सञ्चालनमा आएको छ । उक्त आउटलेट साथीमार्टको १०३ औँ आउटलेट हो । विगतमा बैंकिङ क्षेत्रमा आवद्ध रहेकी रितु शाक्य र चान्सर प्रिन्टरकी सञ्चालक लक्ष्मी बाडे श्रेष्ठले फेन्चाइज लिएर मार्ट सुरु गर्न लागेका हुन् । फ्रेन्चाइज घनी रितु शाक्यका अभिभावक सिद्धिरत्न शाक्य, धर्मराज देउजा र...

विराटनगरमा रेडमड कफीको आउटलेट

काठमाडौं– पछिल्लो समय नेपालमा कफी पिउने संस्कृति बढेसँगै कफी सपहरु खुल्ने क्रम बढ्दो छ । कफी पारखीमाझ अलग्गै पहिचान बनाएको रेडमड कफीले विराटनगरमा आफ्नो १० औ आउटलेट विस्तार गरेको छ । विराटनगरको रेन्बो गल्ली, ट्राफिक चोकमा उक्त आउटलेट सञ्चालनमा आएको हो । सन् २०१२ मा थापाथलीबाट सुरुवात भएको रेडमड कफीले मनाङदेखी पश्चिममा धनगढी हुँदै पूर्वमा […]

झापामा पनि खुल्यो जेसीबीको आउटलेट

नेपालका लागि जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले झापाको दमकमा सुविधा सम्पन्न ‘अथराइज्ड रिटेल आउटलेट’ सुरु गरेको छ ।

लेखनाथमा क्लासिक टेकको आउटलेट

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट पोखराको लेखनाथमा सुरु गरेको छ।

पोखराको लेखनाथमा क्लासिक टेकको आउटलेट

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले पोखराको लेखनाथमा नयाँ आउटलेट खोलेको छ । ग्राहकहरूलाई प्रत्यक्ष र सहज सेवा उपलब्ध गराउन र लेखनाथ आसपासका ठाउँहरूमा सेवासुविधा बढाउने उद्धेश्यले थप सेवा विस्तार गरेको कम्पनीले जनाएको छ ।क्लासिक टेकले कोरोना महामारी नियन्त्रण निम्ति लगाइएको लकडाउन खुकुलो भएदेखि नै सेवा र आउटलेट विस्तारलाई तीव्र पारेको छ । कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरू र बैंकहरूलाई ईन्टरनेट र इंट्रानेट सेवाहरू पनि दिँदै आइरहेको छ ।

नेबिको बिस्कुटको आउटलेट बालाजु र गौरीघाटमा संचालन

काठमाडौं, २२ साउन । नेबिको बिस्कुटले बालाजु र गौरीघाटमा आउटलेट संचालन गरेको छ । सोमबार आफ्नो ५७ औं स्थापना दिवसको अवसरमा नेबिकोले बालाजु र गौरीघाटमा पनि आफ्नो आउटलेट संचालन गरेको हो । कम्पनीले सेवालाई अझ विस्तार गर्नका लागि नेबिकोले नेबिको रिटेल्स प्राइभेट लिमिटेड मार्फत् काठमाडौंका बालाजु र गौरीघाट चोकमा दुईवटा फ्याक्ट्री आउटलेट संचालन गरेको बताइएको […]