पुस २०, काठमाडौं । दुई ओटा वित्त कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवारसम्म रहेको छ ।
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार पुस २१ गतेसम्म रहेको हो ।
ती दुबै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गरेसँगै पुस २१ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले शेयरधनीलाई गत आवको मुनाफाबाट ७ दशमलव ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।
त्यसैगरी गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले शेयरधनीलाई गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते गुहेश्वरी भवन हरिहरभवन, ललितपुरमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।