भक्तपुरको सूर्यविनायक बस्ने २३ वर्षीय रोशन बानियाँ (चार्ली) गहुँको छ्वालीबाट आकर्षक चित्र बनाउँछन् ।
सानैदेखि विभिन्न चित्र कोर्ने गरेका चार्लीले गहुँको छ्वालीबाट चित्र बनाउन थालेको झण्डै ४ वर्ष हुन लाग्यो ।
‘सबैले मेरो कलालाई एकदम धेरै माया गरिदिनुभएको छ, यही नै मेरा लागि सबैभन्दा ठूलो कुरा हो’, लोकान्तरसँग चार्लीले भने ।
आफ्नो एक साथी र विभिन्न अनलाइन माध्यमबाट यो कला सिकेका उनले कुनैदिन चित्र बेचेरै कमाउँछु भनेर सोचेका रहेनछन् ।
कम खर्च, बढी मेहनत लाग्ने यो चित्रकारितामा गहुँको छ्वाली, ...