११ असोजमा काठमाडौंबाट विराटनगर उडेको जहाजमा देखिएको समस्याबारेको आन्तरिक जाँचबुझ रिपोर्ट बुद्ध एयरले आज नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ ।
ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएपछि विराटनगरमा अवतरण गर्न नसकेर सो जहाज (९ एन–एनआई) काठमाडौं फर्किएको थियो ।
विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको सो जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो । चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल थिए ।
बुद्ध एयरले सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्...