मुख्यमन्त्री र अर्थमन्त्रीलाई आयोगको स्पष्टीकरण : तपाईंलाई जरिवाना किन नगर्ने ?’

१६ कात्तिक, पोखरा । निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजी बराललाई कारबाहीको तयारी गरेको छ । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै पहिलोपटक स्पष्टीकरण सोधेको आयोगले ‘जरिवाना किन नगर्ने’ भनी अर्को स्पष्टीकरण सोधेको हो । उनीहरुमाथि चुनावको मुखमा करको दर हेरफेर गरेको आरोप छ । ‘यहाँ पहिलो स्पष्टीकरण आएर जवाफ […]

सम्बन्धित सामग्री

नवीकरण नगर्ने क्याम्पससँग त्रिविद्वारा स्पष्टीकरण माग

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले हालसम्म नवीकरण नगरेका क्याम्पससँग स्पष्टीकरण मागेको छ ।  उपकुलपति कार्यालयको योजना निर्देशनालयले एक सूचना जारी गर्दै विभिन्न संकाय तथा संस्थानहरुको प्राज्ञिक नियन्त्रणमा रही कार्यक्रमहरू सञ्चालन गरेका क्याम्पस, कलेजहरूमध्ये कतिपयले हालसम्म पनि नवीकरण नगरेको पाइएकाले किन खारेज नगर्ने भनी वैशाख मसान्तभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।  एक हजार ६० सम्बन्धन प्राप्त कलेजमध्ये […]

आठ कम्पनीलाई खरिद अनुगमन कार्यालयको स्पष्टीकरण

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ठेक्का सम्झौताअनुसार काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको हो ।  सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार हेटौँडा उपमहानगरपालिका-११ मकवानपुरको गुण निर्माण सेवा, काठमाडौँको सिरुवा-कविर-सुनकोसी जेभी, पर्सा जानकीटोल-४ को मुस्कान […]

आठ कम्पनीलाई खरिद अनुगमन कार्यालयको स्पष्टीकरण

काठमाडौं, २१ मंसिर । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ठेक्का सम्झौताअनुसार काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार हेटौँडा उपमहानगरपालिका–११ मकवानपुरको गुण निर्माण सेवा, काठमाडौँको सिरुवा–कविर–सुनकोसी जेभी, पर्सा […]

रवीन्द्र मिश्रलाई स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौं, १४ चैत्र । विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षले पार्टी अध्यक्ष रवीन्द्र मिश्रसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । मिश्रले एकलौटी रुपमा पार्टी चलाएको भन्दै असन्तुष्टी राख्दै आएका पक्षको सोमबार बसेको बैठकले निष्कासन किन नगर्ने भनेर ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाइएको छ । मिश्रले पार्टीको हित विपरित काम गरेकाले स्पष्टीकरण सोधिने जेष्ठ सदस्य […]

मिश्रलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौँ । विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई निष्कासन किन नगर्ने भनेर ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । जेष्ठ सदस्य भीम अधिकारीको नेतृत्वमा सोमबार बसेको बैठकले पार्टीको हित विपरीत गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आइतबार केन्द्रीय समिति बैठकमा मिश्रले प्रदेश संयोजकहरू तोक्नुका साथै २६ जना केन्द्रीय सदस्यलाई निष्कासन […]

कालोसूचीमा सिफारिस भएपछि स्पष्टीकरण दिनै आएनन् यी ५ व्यवसायी [सूचीसहित]

सरकारले समयमै काम सम्पन्न नगर्ने ५ कम्पनीहरूलाई स्पष्टीकरण सोधेको छ ।  विभिन्न सार्वजनिक निकायहरूको काम सम्झौता अनुसार नसकेको भन्दै कालोसूचीमा राख्न सिफारिस भएपछि ती कम्पनीहरूलाई स्पष्टीकरण सोधिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । ७ दिनभित्र लिखित स्पष्टीकरण पेस कार्यालयले सार्वजनिक सूचना निकालेको छ ।  यसअघि ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएपनि उनीहरू सम्पर्कमा नआएपछि पुनः स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ ।

सांसद प्रदीप यादवलाई कारवाही गर्ने जसपाको तयारी, सोध्यो स्पष्टीकरण

वीरगंज : जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई कारबाही गर्ने तयारी गरेको छ। जसपाले पार्टी विरोधी गतिविधिमा लागेको भन्दै केन्द्रीय सदस्यसमेत् रहेका यादवलाई स्पष्टीकरण सोधेको छ। बिहीवार तीन दिनभित्र स्पष्टीकरण बुझाउन भन्दै सात बुँदे स्पष्टिकरण सोधिएको हो।  पार्टी कार्यालयका प्रमुख प्रमुख प्रकाश अधिकारीले 'तपाईँलाई कारवाही किन नगर्ने' भन्दै…

एमालेले माधव नेपालसहित ३२ जना सांसदसँग माग्यो स्पष्टीकरण

काठमाडौं। नेकपा एमालेले माधव नेपालसहित ३२ जना सांसदसँग स्पष्टीकरण मागेको छ। एमालेले आज पठाउँदै गरेको स्पष्टीकरण पत्रमा “तपाईंलाई सांसद पदबाट कारवाही किन नगर्ने” भन्दै प्रश्न सोधिएको छ। २७ जना संघीय र ५ जना कर्णालीका सांसदलाई स्पष्टीकरण सोधेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले देखापढीलाई बताए। कर्णालीमा माधवपक्षका चार सांसदले ‘फ्लोर क्रस’ गरेर माओवादी नेतृत्वको सरकार जोगाएका थिए।

एमालेमा सक्रिय झपट बोहोरालाई माओवादीको स्पष्टीकरण

धनगढी :  अछाम निर्वाचन क्षेत्र नम्बर १ 'ख' बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य झपट बहादुर बोहोरालाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ। माओवादी केन्द्रबाट चुनाव जितेका बोहरा नेकपा एमालेमा सक्रिय भएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो। माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले दल त्यागसम्बन्धी कानुनअनुसार कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका बताए। पत्रमा अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थमा रहने भनेपछि