एमालेले माधव नेपालसहित ३२ जना सांसदसँग माग्यो स्पष्टीकरण

काठमाडौं। नेकपा एमालेले माधव नेपालसहित ३२ जना सांसदसँग स्पष्टीकरण मागेको छ। एमालेले आज पठाउँदै गरेको स्पष्टीकरण पत्रमा “तपाईंलाई सांसद पदबाट कारवाही किन नगर्ने” भन्दै प्रश्न सोधिएको छ। २७ जना संघीय र ५ जना कर्णालीका सांसदलाई स्पष्टीकरण सोधेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले देखापढीलाई बताए। कर्णालीमा माधवपक्षका चार सांसदले ‘फ्लोर क्रस’ गरेर माओवादी नेतृत्वको सरकार जोगाएका थिए।

सम्बन्धित सामग्री

योगेश भट्टराईले प्रधानमन्त्रीलाई भेटेर भने– पार्टी एकता जोगाउन भूमिका खेल्नुस्

काठमाडौं। नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गरेका छन्। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट्न आज दिउँसो बालुवाटार गएका थिए। पार्टीभित्र तिक्तता बढ्दै गएका बेला माधव नेपाल र झलनाथ खनालसँग संवाद अघि बढाउन प्रधानमन्त्रीलाई नेता भट्टराईले अनुरोध गरेका छन्। हिजो अध्यक्ष ओलीले माधव समूहका ३२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए।