बन्दसत्र हुने होटल पुगे ओली, बैठक रोकेर आकांक्षी नेताहरु आन्तरिक छलफलमा

चितवन : नेकपा एमालेको महाधिवेशनको बन्दसत्र अहिलेसम्म सुरु हनु सकेको छैन। पदाधिकारीमा धेरै आकांक्षी भएपछि नेता व्यवस्थापनमा सहमति नहुँदा बन्दसत्र सुरु हुन नसकेको हो। यसबिच बन्दसत्र भइरहेको सेभेनस्टार होटलमा नेताहरु छलफलमा जुटेका छन्। पदाधिकारीका लागि आकांक्षीहरु विष्णु पौडेल, सुवास नेम्वाङ, इश्वर पोखरेल, विष्णु रिमाल र शेरबहादुर तामाङ छलफलमा जुटेका हुन्।…

सम्बन्धित सामग्री

ओली र रावलसहित अध्यक्ष मण्डलका सदस्य बन्दसत्र हलमा प्रवेश (फोटोफिचर)

सौराहा, १३ मंसिर : सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने निर्णय गर्दै नेकपा एमाले दशौ राष्ट्रिय महाधिवेशन बन्दसत्र अध्यक्ष मण्डलका सदस्य बन्दसत्रको हलमा प्रवेश गरेका छन् । बन्दसत्र सुरु हुनुअघि अध्यक्ष केपी शर्मा ओली, अध्यक्षका उम्मेदवार भीम रावलसहित ११ जनाको अध्यक्ष मण्डल बैठक होटल सेभेन स्टारमा बसेको थियो । बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न केन्द्रीय निर्वाचन […]

सौराहाका पर्यटन व्यवसायी भन्छन्– ३५ सय बेड एमालेले बुकिङ गरेको छ

-शम्भु दंगाल/गणेश दुलालनेकपा एमालेले चितवनमा पार्टीको दशौं महाधिवेशन गर्न लागेपछि चितवनका पर्यटन व्यवसायीहरु उत्साहित देखिएका छन् । कोरोनाबाट थिलथिलो बनेको पर्यटन उद्योगलाई सो महाधिवेशनले सकारात्मक सन्देश दिने उनीहरुले अपेक्षा लिएका छन् । क्षेत्रीय होटल एशोसिएसन चितवनका अध्यक्ष दीपक भट्टराईले एमालेले महाधिवेशनको बन्दसत्र सौराहामा गर्न लागेकाले यहाँको पर्यटनको निःशुल्क प्रचार गर्ने र आन्तरिक पर्यटनको पुनरागमन हुने विश्वास व्यक्त गरे ।एमालेको महाधिवेशनमा बन्द सत्रमा सहभागी हुनेहरुका लागि ३५ सय बेड

राजनीतिक गतिविधिले चितवनको पर्यटन चलायमान

चितवन । चितवनमा सत्तारुढदेखि प्रतिपक्षी दलसम्मका राजनीतिक गतिविधि बढ्दै गएका छन् । देशभरका विभिन्न दलका नेता तथा कार्यकर्ताको चितवन आउजाउ बढेपछि यहाँका पर्यटन व्यवसायी भने खुसी छन् । एमालेको मंसिर १० गतेबाट सुरु हुने महाधिवेशन, कांंग्रेसको जिल्ला अधिवेशन, नेकपा मालेको राष्ट्रिय महाधिवेशन चितवनमै हुने भएपछि थला परेको पर्यटन उक्सिने आसमा व्यवसायी रहेका हुन् । कोरोना कहरले शिथिल बनाएको पर्यटन व्यवसायलाई राजनीतिक चहलपहलले उकास्ने देखिएपछि उनीहरू उत्साहित भएका हुन् । हाल चितवनका सौराहा, नारायणगढका होटलमा पाहुनाको बाक्लो उपस्थिति देखिन थालेको छ । कतिपय होटलमा महाधिवेशन लक्षित कोठा बुकिङ, सोधपुछ हुने गरेको व्यवसायी बताउँछन् । जंगल सफारी लजका सञ्चालक एवं क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे राजनीतिक गतिविधि बढेसँगै सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको बताउँछन् । ‘अहिले हरेक दल चितवन केन्द्रित भएका छन्’, उनले भने, एमालेको महाधिवेशनले हामी थप उत्साहित छौं ।’ महाधिवेशन तयारीसँगै चितवनमा पार्टीका शीर्षस्थ नेता तथा कार्यकर्ताको सहभागिता दिनहुँ बढ्दै गएको उनले बताए । ‘कोरोना कहरपछि हाम्रा लागि यो ठूलो अवसर हो । महाधिवेशनमा आउने पाहुनलाई कसरी व्यवस्थित र सेवा दिन सक्छौं भन्ने विषयमा छलफलमा छौं,’ उनले भने । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई जिल्लामा विभिन्न दलका अधिवेशन, महाधिवेशनले पर्यटन क्षेत्र चलायमान हुँदै गएको बताउँछन् । चितवनको पर्यटनका लागि अवसर र चुनौती दुवै छ,’ उनले भने, ‘हामीले देशभर निःशुल्क पर्यटन प्रवद्र्धन गर्न पाउनेछौं भने अतिथिलाई दिने सेवामा कति सन्तुष्ट पार्छौं भन्ने हो ।’ पर्यटन क्षेत्र मात्र होइन, यहाँको कृषि उत्पादन, यातायात, हवाई उडानदेखि स–साना खाजा तथा चिया पसलमा पनि चहलपहल बढ्न थालेको भट्टराईको भनाइ छ । हाल महाधिवेशनमा आउने पाहुनालाई व्यवस्थित गर्न राजनीतिक दल, स्थानीय, पर्यटनसम्बद्ध संस्था र स्थानीयसंँग छलफल भइरहेको उनले जानकारी दिए । ‘झन्डै १० वर्षपछि चितवनको पर्यटनका लागि अवसर जुटेको छ । यसले हामीलाई उत्साहित बनाएको छ,’ भट्टराईले भने । उनका अनुसार पाहुनालाई लक्षित गरी छुटका प्याकेज, स्वागत, सजावटका काम थालिएको छ । सौराहामा एमाले महाधिवेशनको मतदान प्रक्रिया र बन्दसत्र भए पनि नारायणगढका साना तथा ठूला होटल सबै प्याक हुने भएका छन् । नारायणगढको नारायणी किनारमा महाधिवेशन उद्घाटन हुने एमालेको पूर्वनिर्धारित कार्यक्रम छ । सोही कारण सौराहामा मात्र नभई चितवनका अन्य पर्यटकीय स्थल पटिहानी, मेघौलीलगायत क्षेत्र पनि चलायमान हुने व्यवसायीको आशा छ । होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष एवं होटल गंगोत्रीका प्रबन्ध निर्देशक दिनेशकुमार चुके कोरोनाले धराशयी भएको पर्यटनलाई राजनीतिक चहलपहलले ठूलो राहत मिल्ने बताउँछन् । ‘चितवनमा ४० वटा पर्यटकीय गन्तव्य छन् । यसको प्रर्वद्धन गर्न र चितवन चिनाउन पनि प्याकेज कार्यक्रम अपरिहार्य छ,’ उनले भने । एमाले महाधिवेशनमा सात वटै प्रदेशका नेता, कार्यकर्ता, प्रतिनिधि, पालिका प्रमुख र अन्य देश–विदेशबाट आउने अतिथिलाई व्यवस्थापन गर्न एमाले १० औं महाधिवेशन व्यवस्थापनका समिति पनि जुटिरहेको छ । महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक एवं चितवन क्षेत्र नम्बर १ का सांसद सुरेन्द्र पाण्डेले महाधिवेशन तयारी र व्यवस्थापनका लागि जुटिरहेको जानकारी दिए । ‘अहिले खाने, बस्ने व्यवस्थापनका लागि होटल व्यवसायीसँग छलफल  भइरहेको छ’, उनले भने, ‘हामीले प्रत्येक प्रदेशबाट आउने पाहुनाको सोही प्रदेशका नेतृत्वकर्तालाई जिम्मेवारी सुम्पेका छौं ।’