प्राविधिक जनशक्ति उत्पादनमा सीटीईभीटी

श्रम बजारमा आवश्यक पर्ने सीपयुक्त दक्ष प्राविधिक जनशक्तिको उत्पादन, व्यवस्थापन, सीपको स्तर निर्धारण र प्रमाणीकरण गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ बमोजिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को स्थापना भएको हो । परिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी नीति निर्धारण, पाठ्यक्रम निर्माण तथा परिमार्जन, संस्था सम्बन्धन, अनुगमन र नियमन, प्रशिक्षकको क्षमता विकास, अध्ययन अनुसन्धान, गुणस्तर सुनिश्चितता, छोटो तथा लामो अवधिका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित सामग्री

गण्डकीको प्राविधिक तालिम प्रतिष्ठान : काम न जिम्मेवारी !

११ माघ, पोखरा । गण्डकी प्रदेशले प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित ०७६ मा ऐन बनाएर सोही ऐनअनुसार ०७७ सालमा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जीटीईभीटीइ) स्थापना भयो । तर, प्रतिष्ठान स्थापना भएको ३ वर्षसम्म प्रभावकारी भूमिका निभाउन सकेको छैन । प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सीटीईभीटी)ले चलाइरहेका कार्यक्रममा सहयोग गर्ने र स्थानीय तहसँग […]

गण्डकी बहुप्राविधिक शिक्षालय भवनको ठेक्का तोडियो, अर्को ठेक्का लगाउन छैन बजेट

७ असोज, पोखरा । दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित पोखरा महानगरपालिकाले ०७७ भदौमा ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ सञ्चालनमा ल्यायो । प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धमा सञ्चालनमा आएको ३ वर्षसम्म शिक्षालयको भवन छैन । …

सीटीईभीटीले ३२ हजार प्राविधिक जनशक्ति उत्पादन गर्ने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटी अन्तरगत प्रदेश नम्बर १ मा अहिलेसम्म ३१ हजार ८ सय दक्ष जनशक्ति उत्पादन भइसकेको तथ्यांक सार्वजनिक भएको छ । विराटनगरमा शनिबार समपन्न नीजि प्राविधिक शिक्षालय महासंघ नेपाल १ नम्बर प्रदेशसमितिले गरेको प्रिन्सिपल कन्फ्रेन्स तथा अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।