अफगानिस्तान छोड्न काबुल विमानस्थलमा विवाह, मानव तस्करीको आशंका

अफगानिस्तानमा तालिबानको कब्जापछि अफगान महिला र युवतीको हकबारे यतिखेर विश्व चिन्तित छ। तालिबानको यसअघिको शासनकाललाई हेरेर अफगान महिलाहरुको स्थिति भयावह हुँदैछ भन्ने आँकलन गरिएको छ।तालिबानले काबुल कब्जा गरेपछि अफगानिस्तानबाट आफ्ना छोरीहरूलाई निकाल्न उनीहरुका आमा-बुबाले काबुल एयरपोर्टबाहिर विवाह गरिदिएको घटना बाहिरिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै उक्त घटनाबारे बताएको हो। आफ्ना छोरीहरू तालिबानको हातमा नपरून् भनेर उनीहरुले विवाह गरिदिएका बताइ

सम्बन्धित सामग्री

काबुल विमानस्थल सञ्चालनबारे सम्झौता अन्तिम चरणमा

अफगानिस्तान, टर्की र कतारबीच काबुल विमानस्थल र देशका अन्य थुप्रै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सम्झौता अन्तिम चरणमा पुगेको छ । इस्लामिक इमिरेट्सका कार्यवाहक सूचना तथा संस्कृति मन्त्री खैरुल्लाह खैरख्वाले विमानस्थल सञ्चालनका लागि सम्झौता अन्तिम चरणमा पुगेको आइतबार बताएको टर्कीको सबाह दैनिकलाई उद्धृत गर्दै टोलोन्युजले उल्लेख गरेको छ । खैरख्वाले भने, “टर्की, कतार र अफगान सरकार एक सम्झौता नजिक पुगेका छन्, त्यसैले निकट भविष्यमा यसलाई अन्तिम रुप दिइने छ ।” अफगानिस्तानक

काबुल विमानस्थल पुनः सञ्चालन

एजेन्सी, २५ भदौ । अफगानिस्तानको राजधानी काबुलस्थित रहेको काबुल विमानस्थल पुनः सञ्चालनमा आएको छ । बिहीबार विमानस्थलबाट पहिलो फ्लाइट कतारको दोहा उडान भरेको हो । तालिवानले अफगानिस्तानमा कब्जा जमाएपछि काबुल विमानस्थलबाट पहिलो उडान भएको छ । तालिवानले अन्तिरम सरकार समेत गठन गरिसकेको छ । तािलवानले अफगानिस्तान कब्जा गरेपछि त्यहाँको स्थिती निकै नाजुक भएको थियो । […]

काबुल विमानस्थल व्यवस्थापन गर्न कतार र टर्कीलाई तालिवानको अनुरोध

अमेरिकाले अफगानिस्तानमा २० वर्षदेखि जारी युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गरेसँगै तालिबानले कतार र टर्कीसँग काबुल बिमानस्थलको ब्यबस्थापनबारे वार्ता गरिरहेको छ। फ्रान्सेली विदेशमन्त्री जीन–यवेस ले ड्रियनले मंगलबार भनेका छन्, ‘वार्ताको उद्देश्य चाँडो भन्दा चाँडो बिमानस्थल सुरक्षित राख्नु हो। ताकि अफगानिस्तान छोड्न चाहनेहरुले व्यवसायिक उडानहरु प्रयोग गर्न सकून्।’ अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले अमेरिकी नागरिक […]

अमेरिकाले अफगानिस्तान छोडेलगत्तै काबुल विमानस्थल अब तालिबानको कब्जामा (भिडियो)

मंगलबार अमेरिकाको अन्तिम विमानले उडान भरेलगत्तै काबुल विमानस्थल तालिबानको नियन्त्रणमा छ ।काबुलबाट आइरहेका तस्बिर र भिडियो फुटेजमा तालिबानले हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो नियन्त्रण लिएको देख्न सकिन्छ ।लस एन्जिलिस टाइम्सका पत्रकार नबिह बुलोस तालिबान लडाकूको उक्त टिमको हिस्सा थिए जसले विमानस्थलको ह्याङ्गरको अनुसन्धान गरिरहेका थिए ।त्यहाँ अमेरिकी सैनिकले आफ्ना केही विमान छोडिदिएको पनि उनले जानकारी दिएका छन् ।#Taliban fighters enter a hangar in #Kabul Airport and examine #chinook helic

काबुल विमानस्थल आसपासमा आतंककारी हमलाको खतरा बढेको अमेरिका र बेलायतको चेतावनी

एजेन्सी । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा सुरक्षा खतरा बढेको भन्दै आफ्ना नागरिकहरुलाई त्यहाँबाट हट्न भनेका छन् । काबुल छाड्नका लागि विमानस्थल भित्र र बाहिर हजारौंको संख्यामा मानिसहरु भेला भईरहेको सन्दर्भमा गएराती सुरक्षा चेतावनी जारी गर्दै दुवै देशले यस्तो सल्लाह दिएका हुन । अफगानिस्तान तालिवानको हातमा गएपछिका १० दिनमा ८२ हजार मानिसलाई बाहिर निकालिएको […]

मारिए काबुल विमानस्थल प्रवेश गर्न खोज्ने ७ अफगानी

अफगानिस्तानको काबुल अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेश गर्न खोज्ने ७ अफगानी मारिएका छन्।तालिबानले काबुल कब्जा गरेपछि देश छाड्ने अफगानीको भीड थेगिनसक्नु छ। काबुलमा बसोबास गर्ने हजारौं अफगानी तालिबानले देशमा कब्जा गरेपछि विदेशिन चाहन्छन्।अफगानिस्तानमा इस्लामिक स्टेट सक्रिय हुन थालेकाले यो घटना भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।तालिबानले एक साताअघि अफगानिस्तान कब्जामा लिएपछि अहिलेसम्म काबुलबाट १७ हजार मानिस विदेशिएका छन्। अहिले काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ।काबुल

आफ्ना नागरीकलाई काबुल विमानस्थल नजान अमेरिकाको आग्रह

एजेन्सी, ६ भदौ । अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तानको काबुल विमानस्थलमा नजान आग्रह गरेको छ । इस्लामिक स्टेट आइएसको अफगानिस्तान शाखाले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल क्षेत्रमा नजान सुझाएको हो । अमेरिकाले सुरक्षा सचेतना जारी गर्दै विमानस्थलको गेट बाहिर सुरक्षा जोखिम रहेको जनाएको छ । अमेरिकी सरकारका अधिकारीहरुले भनेपछि मात्रै विमानस्थल आउन […]

सकेसम्म काबुल विमानस्थल नजान आफ्ना नागरिकहरुलाई अमेरिकाकाे आग्रह

अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तानको काबुल विमानस्थल क्षेत्रमा सकेसम्म नजान आग्रह गरेको छ। इस्लामिक स्टेट (आइएस) को अफगानिस्तान शाखाले आक्रमण गर्न सक्ने भन्दै काबुल विमानस्थल क्षेत्रमा नजान भनिएकाे हाे। शनिबार अमेरिकाले सुरक्षा सचेतना जारी गर्दै विमानस्थलको गेट बाहिर सुरक्षा जोखिम रहेको बताएको हो। अमेरिकी सरकारका अधिकारीहरुले भनेपछि मात्रै विमानस्थल आउन आग्रह गरिएको छ। अमेरिकी सुरक्षा अधिकारीहरुले […]

खुल्यो काबुल विमानस्थल, एकदिन अघि गर्नुपरेको थियो बन्द

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार र सोमबार भारी भीड र भागदौडको माहौलपछि एकपटक पुनः त्यहाँबाट कुटनीतिज्ञ र सर्वसाधारणलाई निकाल्नका लागि सैन्य उडान बहाल गरिएको  छ । सोमबार विमानस्थलबाट सबै प्रकारको उडान रोकिएको थियो । आइतबार अबेर राती काबुलमा तालिबानको कब्जापछि सोमबार अफगानिस्तान छोडेर जाने कोसिसमा हज्जारौं मानिस काबुल विमानस्थल पुगे । थुप्रै रनवेमा भागिरहेको देखिए र विमानभित्र प्रवेश गर्ने होडबाजीमा देखिए । यस कारण त्यहाँ भागदौड मच्चिएको थियो र पाँचजनाको मृत्यु भयो

अस्तव्यस्त काबुल विमानस्थल : विमानमै झुण्डिन्छन् मानिस

३२ साउन, काठमाडौं । आइतबार अफगानिस्तानको राजधानी सहर काबुललाई तालिबानले आफ्नो कब्जामा लियो । मुलुकका अधिकांश स्थानलाई आफ्नो कब्जामा लिइसकेको तालिबानले काबुल पनि कब्जामा लिएपछि आत्तिएका धेरै मानिस छिटो भन्दा छिटो अफगानिस्तान छाड्न चाहिरहेका छन् । त्यसको झल्को सोमबार हामिद कारजाई विमानस्थलमा देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हजारौं अफगानी नागरिक मुलुक छाड्नको लागि विमानस्थल […]