अफगानिस्तान, टर्की र कतारबीच काबुल विमानस्थल र देशका अन्य थुप्रै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सम्झौता अन्तिम चरणमा पुगेको छ । इस्लामिक इमिरेट्सका कार्यवाहक सूचना तथा संस्कृति मन्त्री खैरुल्लाह खैरख्वाले विमानस्थल सञ्चालनका लागि सम्झौता अन्तिम चरणमा पुगेको आइतबार बताएको टर्कीको सबाह दैनिकलाई उद्धृत गर्दै टोलोन्युजले उल्लेख गरेको छ । खैरख्वाले भने, “टर्की, कतार र अफगान सरकार एक सम्झौता नजिक पुगेका छन्, त्यसैले निकट भविष्यमा यसलाई अन्तिम रुप दिइने छ ।” अफगानिस्तानक