काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार र सोमबार भारी भीड र भागदौडको माहौलपछि एकपटक पुनः त्यहाँबाट कुटनीतिज्ञ र सर्वसाधारणलाई निकाल्नका लागि सैन्य उडान बहाल गरिएको छ । सोमबार विमानस्थलबाट सबै प्रकारको उडान रोकिएको थियो । आइतबार अबेर राती काबुलमा तालिबानको कब्जापछि सोमबार अफगानिस्तान छोडेर जाने कोसिसमा हज्जारौं मानिस काबुल विमानस्थल पुगे । थुप्रै रनवेमा भागिरहेको देखिए र विमानभित्र प्रवेश गर्ने होडबाजीमा देखिए । यस कारण त्यहाँ भागदौड मच्चिएको थियो र पाँचजनाको मृत्यु भयो