धान उत्पादन बढे पनि चामल आयात वृद्धि

मुलुकमा यो वर्ष धान उत्पादन बढे पनि चामल आयात समेत बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनासम्म ४१ अर्ब ७७ करोड ४७ लाख २८ हजार रुपैयाँ बराबरको चामल, धान, मकै, गहुँलगायतका खाद्यान्न आयात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ५४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको ६ महिनामा २६ […]

सम्बन्धित सामग्री

धान उत्पादनमा कीर्तिमान बनेको वर्ष चामलको मूल्य उच्च

काठमाडौं। सरकारी तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) को तुलनामा यस वर्ष धान उत्पादन ४ दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ । यस वर्ष देशभर ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान उत्पादन भएको छ । यो वर्षको धान उत्पादन इतिहासकै सबैभन्दा बढी हो । धान उत्पादन बढेपछि चामलको मूल्य घट्नुपर्ने हो । तर, उत्पादन बढेकै वर्ष बजारमा चामलको मूल्य ह्वात्तै बढेको पाइएको छ । चामल आयात गर्न भारतले अनुमति नदिएपछि चामलको मूल्य बढेको व्यवसायीको भनाइ छ । खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधरका अनुसार करीब २ महीनाको अन्तरालमा चामलको मूल्य प्रतिबोरा (२५ किलो) २ सय ५० रुपैयाँसम्म बढेको छ । भारतबाट चामल आयात हुन नसक्दा मूल्य बढेको उनले बताए । ‘सरकारले चामलको आयात गर्नेबारे कुनै चासो देखाएको छैन । अहिले नै चामलको आयात सहज बनाउने सम्बन्धमा सरकारले गम्भीर भएर नसोच्ने हो भने मूल्य अझै बढ्न सक्नेछ,’ उनले भने, ‘कुनै बेला बाह्य मुलुकमा चामल निर्यात गर्ने राष्ट्र अहिले आफूलाई आवश्यक पर्ने चामल आयात पनि गर्न नसक्ने अवस्थामा पुगेको हो कि जस्तो देखिन्छ ।’ चामलमा भइरहेको मूल्यवृद्धिलाई निरुत्साहित गर्न भन्दै सरकारले गत साउनमा भारतबाट १० लाख मेट्रिक टन धान र लाख मेट्रिक टन चामल आयात गर्ने प्रक्रिया थालेको थियो । पछि भारतले ९५ हजार मेट्रिक टन चामल दिन सहमति पनि जनायो । सरकारले पनि चामल ल्याउन प्रयास थाल्यो तर सकेन् । फलस्वरूप बजारमा चामलको आपूर्ति कम भई मूल्य बढ्न थाल्यो । चामल आयात गर्न सरकारले स्वदेशी व्यापारीलाई आग्रह गरे पनि भारतले नेपाली व्यापारीले चामल ल्याउन नसक्ने अवस्था सृजना गरिदिएको आयातकर्ता बताउँछन् । भारतले दिने भनेको चामल भारतको एउटा निजी कम्पनीसँग किन्नुपर्छ । उसलाई पहिले नै शतप्रतिशत मूल्य भुक्तानी गर्नुपर्छ । चामल आयात गर्दा २० प्रतिशत भन्सारसमेत तिर्नुपर्ने भएपछि महँगो हुने भन्दै अघि बढ्न नसकिएको व्यवसायी बताउँछन् ।   धान उत्पादन बढेपछि चामल सस्तो हुनुपर्नेमा मूल्य झन् बढ्यो  चामल आयात गर्न भारतले अनुमति नदिँदा बजारमा चामलको मूल्य बढेको व्यवसायीको भनाइ  धान/चामलको आयात सहज नभए चामलको मूल्य अझै बढ्ने  भारतबाट धान आयात गर्दा २० प्रतिशतसम्म भन्सार महशुल बुझाउनुपर्ने बाध्यता अहिले नेपाली व्यापारीले भारतबाट धान आयात गर्न चाहे भारतमा २० प्रतिशतसम्म भन्सार महशुल बुझाउनुपर्ने बाध्यता छ । यसरी आयात गर्दा प्रतिक्विन्टल धानको लागत हजार रुपैयाँले बढ्न जान्छ । त्यसको असर चामलको मूल्यमा पर्न गएको नेपाल चामल तेल दाल उद्योग संघका सदस्य विभोर अग्रवालले बताए । उनका अनुसार गतवर्ष भारतले नेपाललाई ६ लाख मेट्रिक टन धान आयातका लागि कोटा दिएको थियो । त्यसबेला नेपाली आयातकर्ताले विनाभन्सार आयात गर्न पाएका थिए । उक्त कोटा सकिएपछि भारतले नेपाललाई धान आयातको नयाँ कोटा दिएको छैन । व्यापारीले यस विषयमा पटकपटक सरकारलाई ध्यानाकर्षण गराउँदा पनि आश्वासन मात्रै पाएको अग्रवालले गुनासो गरे । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भने यतिबेला धानको सिजन भएकाले व्यापारीसँग प्रशस्तै धान र चामल मौज्दात भएको भन्दै पन्छिन खोजेको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लक्ष्यअनुसार धान किन्न नसक्ने भएपछि चामल किन्न निकै कसरत गरे पनि असफल छ । खाद्यले २९ हजार र २० हजार मेट्रिक टन चामल किन्न छुट्टाछुटै टेन्डर गरेको थियो । त्यसमा टेन्डर नै पर्न सकेको छैन । भारतले चामल निर्यातमा गरेको कडाइका कारण चामलको मूल्य महँगो पर्ने देखिएपछि आयातकर्ताले टेन्डरमा भाग नै लिन चाहेका छैनन् । खाद्यले यस वर्ष ५० हजार मेट्रिक टन धान किन्ने लक्ष्य लिए पनि हालसम्म करीब ५ हजार मेट्रिक टन मात्रै किनेको छ ।

धान उत्पादन दशकयताकै उच्च

मुलुकमा चामल आयात बढिरहेको बेला यो वर्ष एक दशकयताकै बढी धान उत्पादन भएको छ।

धान उत्पादन ६ दशमलव ९४ प्रतिशतले बढ्याे : चामल आयात घट्यो

काठमाण्डाै - अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि देशको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ । नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख मेट्रिक टन रहेकामा  ३५ लाख २० हजार मेट्रिक टन आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमान छ । पछिल्लो वर्षमा धानको समग्र राष्ट्रिय उत्पादन बढेको तथा चामलको आयात घटको अवस्थामा पनि यस परिमाणको चामल कमी हुने देखिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । चामलको उपभोग करिब एक सय २१ केजीप्रति व्यक्ति प्रतिव...

धान उत्पादन घट्दा ६ महिनामै ४२ अर्बको खाद्यान्न आयात

चालु आर्थिक वर्षको ६ महिनामा ४२ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा ४२ अर्ब ६२ करोड रुपैयाँको खाद्यान्न आयात भएको हो ।मुलुकमा यो वर्ष धान उत्पादन घट्दा ठूलो परिणाममा खाद्यान्न आयात भएको हो । ४२ अर्बको खाद्यान्न आयात हुँदा २७ अर्बको चामल आयात भएको विभागको तथ्यांक छ ।यस्तै […]

प्रदेश १ मा धान उत्पादन घट्यो : जोगबनी नाकाबाट धान र चामलको आयात बढ्दो

विराटनगर । यस वर्ष प्रदेश १ मा धानखेतीको क्षेत्रफल चार हजार हेक्टर बढे पनि उत्पादन भने घटेको छ । प्रदेशमा गतवर्ष ३ लाख ३२ हजार हेक्टरमा धान रोपाइँ हुँदा १३ लाख ११ हजार टन धान उत्पादन भएको थियो । यस वर्ष ३ लाख ३६ हजार हेक्टरमा धान रोपाइँ भएकोमा १२ लाख ८२ हजार टन मात्र उत्पादन भएको छ । खेती बढे पनि धान पाक्ने समयमा परेको बेमौसमी झरीका कारण यसपालि उत्पादन घटेको प्रदेश कृषि मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए । बेमौसमी वर्षाले प्रदेशमा करिब ५० हजार हेक्टरको पाकेको धानमा क्षति पुर्‍याएको उनको भनाइ छ । मन्त्रालयले यस वर्ष प्रदेश १ मा धान उत्पादन करिब एक लाख टन बढ्ने अनुमान गरेको थियो । धानको उत्पादन घट्दै गएपछि जोगबनी नाकावाट धान र चामलको आयात हरेक वर्ष बढ्दो छ । चालू आवको पाँच महिनामा यो नाकाबाट दुई अर्बभन्दा बढी मूल्यको धान र चामल आयात भएको विराटनगर भन्सारको तथ्यांक छ । भन्सार अधिकृत अमित तिवारीका अनुसार साउनदेखि मङ्सिरसम्ममा जोगवनी नाकाबाट १ अर्ब १२ करोड ७३ लाख ६६ हजार मूल्य बराबरको ४० हजार ६४१ टन धान र ८३ करोड ८३ लाख ८८ हजार मूल्य बराबरको १७ हजार ८३७ टन चामल आयात भएको छ । गत आवमा यो नाकाबाट ३ अर्ब ५० करोड ३६ लाख ३२ हजार मूल्यको १ लाख १५ हजार २९४ टन धान र २ अर्ब ३४ करोड ३५ लाख ७७ हजार मूल्यको ५२ हजार ६८१ टन चामल आयात भएको तिवारीले बताए । प्रदेशका झापा, मोरङ र सुनसरीमा प्रधानमन्त्री एकीकृत कृषि परियोजना अन्तर्गत धान जोन कार्यक्रम सञ्चालनमा छ । झापामा गतवर्ष ८५ हजार ७ सय ५० हेक्टरमा धान रोपाइँ हुँदा ४ लाख १५ हजार ६२५ टन उत्पादन भएको थियो । यस वर्ष ८७ हजार ५ हेक्टरमा रापाइँ गर्दा ४ लााख २३ हजार टन मात्र उत्पादन भएको छ । मोरङमा पनि यस वर्ष गतवर्षको भन्दा दुई हजार हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ हुँदा धान उत्पादन भन्दा ११ हजार टन घटेको छ । मन्त्रालयका अनुसार मोरङमा यस वर्ष ८२ हजार ४ सय ६७ हेक्टरमा ३ लाख ३८ हजार टन धान उत्पादन भएको छ । यस्तै सुनसरीमा गतवर्षको भन्दा २३ हजार टन धान उत्पादन घटेको छ । जिल्लामा यस वर्ष ५३ हजार ९०० सय हेक्टरमा २ लाख ७ हजार टन धान उत्पादन भएको प्रदेश कृषि मन्त्रालयको तथ्यांकक छ । मन्त्रालयका अनुसार प्रदेशका उच्च हिमाली र पहाडी जिल्लामा पनि धान उत्पादन घटेको छ ।

धान उत्पादन बढाउन चुनौती, मसिनो र बास्नादार धानलाई प्राथमिकता दिन विज्ञको सुझाव

काठमाण्डाै - आज राष्ट्रिय धान दिवस मनाइँदै छ । विक्रम संवत् २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । देशको मुख्य अन्नबाली धान खेतीमा प्रोत्साहन गर्न दिवस मनाउने गरिए पनि धान उत्पादन बढाउन भने चुनौती छ । चालु आर्थिक वर्ष २०७७/०७८ को १० महिनामा ४४ अर्ब ४६ करोडको चामल आयात भएको राष्ट्र बैंकको तथ्याङ्क छ । बर्सेनि चामलको खपत बढिरहे पनि त्यसअनुसार धान उत्पादन हुन सकेको छैन । गएको वर्ष ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । थप ६ हजार टन धान उत्पादन हुन सकेमा नेपाल धानमा आत्मनिर्भर हुने सरकार...

धान उत्पादनमा वृद्धि र चामल आयात

चालू आवमा कोरोना कहरका कारण देशको आर्थिक वृद्धिदर धेरै घटिरहेका बेला धान उत्पादन वृद्धिले केही राहत हुने अनुमान गरिएको छ । विश्वभर करिब ९० प्रतिशतभन्दा बढी धान उत्पादन तथा खपत एसियाली देशमा हुने गरेको छ । यसरी संसारभरमा ६० करोड मेट्रिक टनको हाराहारीमा धान उत्पादन हुने अनुमान छ । अर्कातिर हेर्दा संसारभर ९० प्रतिशतभन्दा बढी […]

धान उत्पादनकै भण्डारमा चामल आयात

झापालाई धान उत्पादनको भण्डार मानिन्छ । जिल्लामा बर्खे धान ८७ हजार ५ सय हेक्टरमा तथा चैते धान २५ हजार हेक्टरमा लगाइने गरेको छ । बर्खे र चैते गरी जिल्लामा ५ लाख मेट्रिक टन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र झापाको तथ्यांकमा उल्लेख छ । तर, धान उत्पादनको भण्डार भनेर चिनिने झापाका अधिकांश मानिसले भारतबाट आयात गरिएको चामल उपभोग गर्ने गरेका छन् । २÷४ रुपैयाँ सस्तो पर्ने भएकाले पानीट्यांकी गएर चामल ल्याउने गरेको कन्काई नगरपालिकाकी मञ्जु राजवंशीले बताइन् ।

धान उत्पादन बढे पनि चामल आयात रोकिएन

मुलुकमा धानको उत्पादन बढे पनि चामलको आयात भने रोकिन सकेको छैन । कृषि प्रधान मुलुकले पछिल्लो पाँच महिनामा १३ अर्ब रूपैयाँको चामल आयात गरेको छ ।

सबैभन्दा धेरै धान फलेको वर्ष चामल आयात उच्च - Naya Patrika

चालू आर्थिक वर्ष ०७३-७४ मा सबैभन्दा बढी ५२ लाख ३० हजार मेट्रिकटन धान उत्पादन भएको अनुमान छ । तर, यही वर्ष सबैभन्दा धेरै चामल आयात हुँदै छ । चालू आर्थिक...पूरा पढ्नुहोस् »