झापालाई धान उत्पादनको भण्डार मानिन्छ । जिल्लामा बर्खे धान ८७ हजार ५ सय हेक्टरमा तथा चैते धान २५ हजार हेक्टरमा लगाइने गरेको छ । बर्खे र चैते गरी जिल्लामा ५ लाख मेट्रिक टन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र झापाको तथ्यांकमा उल्लेख छ ।
तर, धान उत्पादनको भण्डार भनेर चिनिने झापाका अधिकांश मानिसले भारतबाट आयात गरिएको चामल उपभोग गर्ने गरेका छन् । २÷४ रुपैयाँ सस्तो पर्ने भएकाले पानीट्यांकी गएर चामल ल्याउने गरेको कन्काई नगरपालिकाकी मञ्जु राजवंशीले बताइन् ।