काठमाडौँ । आगामी साताबाट सुरु हुने यू-२० साफ च्याम्पियनसिपमा सहभागी हुन युवा टोली भारतको भुवनेश्वर पुगेको छ । नेपाल टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शुक्रबारको बिदाइ गरेको थियो । एन्फाले प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिममा प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान छन् । […]