काठमाडौं । घरेलु टोली भारतले साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५–२ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो । खेलको दोस्रो मिनेटमा गुर्किरात सिंहले पेनाल्टीमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । तर, ४५ औं मिनेटमा बंगलादेशका मोहम्मद रोजनले गोल गर्दै खेल १–१ […]