काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले नेपाली पुँजी बजारमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले ४ सदस्यीय सुझाव समिति गठन गरेको बताएका छन्। नेपाल धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै बुधबार मन्त्री शर्माले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित ४ सदस्यीय समिति गठन गरेको बताएका हुन्। समितिले दिने सुझावका आधारमा पुँजी बजार सुधार गर्ने प्रतिबद्धतासमेत जनाए। उनले पुँजी बजारमा संलग्न रहेका लाखौं लगानीकर्ता र सयौं कम्पनीको समस्यालाई सरकारले गम्भीरताका साथ हे