एसिया कप क्रिकेटमा भारतले अफगानिस्तानलाई फराकिलो अन्तरले हरायो : कोहलीको शतक

काठमाण्डाै - एसिया कप क्रिकेट सुपर चारको आफ्नो अन्तिम खेलमा भारतले अफगानिस्तानलाई फराकिलो अन्तरले हराएको छ । गएराति दुबईमा भएको खेलमा भारतले अफगानिस्तानलाई १ सय १ रनले हराएको हो । भारतले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका इब्राहिम जाड्रनले अविजित ६४ रनको अर्धशतकीय पारी खेले । भारतका भुवनेश्वर कुमारले ५ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २ सय १२ रन जोडेको थियो । भारतका विराट कोहलीले अविजित ...

सम्बन्धित सामग्री

एक हजार २० दिनपछि कोहलीको शतक, गरे पोन्टिङसँग बराबरी

२४ भदौ, काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीले झण्डै तीन वर्षपछि पहिलो शतक प्रहार गरे । युएईमा भइरहेको एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको खेलमा कोहलीले बिहीबार राति अफगानिस्तानसँग शतक प्रहार गर्दै शतकको खडेरी तोडेका हुन् । उनले एक हजार २० दिनपछि कुनै पनि फर्म्याटमा बनाएको यो पहिलो शतक हो । कोहलीले […]