ओली समर्थकले प्रधानन्यायाधीशको पुत्ला जलाए

२८ असार, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरिएको छ । प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले बानेश्वरमा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरेका हुन् । सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । लगत्तै नेकपा एमालेका युवा नेता महेश बस्नेतले आदेशविरुद्ध सडकमा उत्रिन नेता, कार्यकर्ताहरुलाई आह्वान […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहालको पुत्ला दहन

महागढीमाई नगरपालिकाको बरियारपुरमा शुक्रबार प्रधानमन्त्रीको प्रचण्डको पुत्ला दहन गरिएको छ।

बुटवलमा एमाले अध्यक्ष ओलीको पुत्ला दहन

बुटवल । नेपाल मगर युवा सङ्घको एक समूहले रुपन्देहीको बुटवलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । ओलीले हालै नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकावीर हुन् भनी अभिव्यक्ति दिएको विरोधमा उक्त समूहले पुत्ला दहन गरेको हो । बुटवलको राजमार्ग चौराहामा पुत्ला दहन गर्नुअघि सो समूहले ओलीविरुद्ध नाराबाजी पनि गरेको […]

बानेश्वरमा गृहमन्त्रीको पुत्ला दहन

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ ।

रुपन्देहीमा जनमतद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

किसानका माग सम्बोधन गर्न  सरकारले नसकेको भन्दै जनमत पार्टीले रुपन्देहीका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गर्दै विरोध गरेको छ । रुपन्देही दक्षिणी क्षेत्र मानिने धकधईमा पार्टीले उठाएका मागहरू सरकारले ध्यान नदिएको भन्दै सडकमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको हो। पुत्ला दलन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। तर कसैलाई पक्राउ भने नगरेको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले  जनाएको छ ।पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले किसानको म

प्रधानमन्त्रीको पुत्ला जलाइयो

जनकपुरधाम : पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध जनकपुरधाममा विद्यार्थीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन्।बुधबार  स्थानीय शिवचोकमा नेकपा एमाले निकट विद्यार्थीहरूको संगठन अनेरास्ववियुले प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन्।पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र निर्वाचनको मिति चाँडै घोषणा हुनुपर्ने मागसहित अनेरास्ववियुले टायर बालेर विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला समेत जलाए।सरकारले मंगलबार पुनः पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैया

नोबेल मेडिकल कलेजका सञ्चालकको पुत्ला दहन

विराटनगर। नोबेल मेडिकल कलेजका विद्यार्थीले सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् । विद्यार्थीले एमबिबिएसको अतिरिक्त शुल्क घटाउन माग गर्दै सञ्चालक शर्माको पुत्ला दहन गरेका हुन् । पुत्ला दहन अघि चिता बनाएर विद्यार्थीले अस्पताल घुमाएका थिए । विद्यार्थीको माग सम्बोधन गर्न चासो नदिएपछि पुत्लालाई चितामा राखेर दहन गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादवले बताएका […]

एसएसबीको 'कर्तुत'विरुद्ध कञ्चनपुरमा मोदीको पुत्ला जलाइयो

कञ्चनपुर : दार्चुलाका जय सिंह धामीलाई एसएसबीले तुइन काटेर महाकाली नदीमा बेपत्ता बनाएपछि आक्रोशित युवा विद्यार्थीले आइतबार साँझ महेन्दनगरमा प्रदर्शन गरेका छन्। सुरक्षाकर्मीको अवरोधलाई छलेर उनीहरूले प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका छन्। एमाले सम्बद्ध अनेरास्ववियुका विद्यार्थी र युवाले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्। उनीहरूले पुत्ला जलाउनअघि प्रधानमन्त्री मोदीविरुद्ध नाराबाजीसमेत गरेका छन्।प्रहरीले प्रधानमन्त्री मोदीको पुत्ला जलाउन नदिन युवा विद्यार्थीलाई रोक्ने प्रयास गरेको

वीरगञ्जमा प्रधानमन्त्रीको पुत्ला दहन

२३ पुस, वीरगञ्ज । नेकपा प्रचण्ड-माधव समूह निकट विद्यार्थीहरुले वीरगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनमा आवद्ध विद्यार्थीहरुले संसद विघटनको विरोध गर्दै वीरगञ्जको माईस्थान चोकमा बिहीबार प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । प्रधानमन्त्रीको पुत्ला जलाउँदै माईस्थान चोकमा प्रदर्शन गर्न निस्किएका विद्यार्थीहरुको समूहलाई प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले विद्यार्थीहरुको […]

मीनभवन र प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको पुत्ला दहन

२३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूह निकटका विद्यार्थीले प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । प्रचण्ड-माधव समूह निकट अनेरास्ववियूमा आवद्ध विद्यार्थीले नेपाल कमर्स क्याम्पस मीनभवन र भृकुटीमण्डप प्रदर्शनीमार्गको रत्नराज्य क्याम्पसबाहिर पुत्ला जलाएका हुन् । तर प्रहरीले हस्तक्षेप गरी पुत्ला खोसेको थियो भने लाठी चार्ज  पनि गरेको थियो । हेर्नुहोस् तस्वीरहरु

चितवनमा प्रधानमन्त्रीको पुत्ला दहन

२३ पुस, चितवन । नेकपा प्रचण्ड–माधव नेपाल निकट विद्यार्थीहरुले आज चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । वीरेन्द्र क्याम्पस, सप्तगण्डकी क्याम्पस लगायतका विद्यार्थीहरुले आज बिहान प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । संसद विघटनको विरोधमा हाल प्रचण्ड–माधव समूहका विद्यार्थीहरु दोस्रो चरणको आन्दोलनमा छन् । सोही आन्दोलनको क्रममा आज देशभर प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम […]