एसएसबीको 'कर्तुत'विरुद्ध कञ्चनपुरमा मोदीको पुत्ला जलाइयो

कञ्चनपुर : दार्चुलाका जय सिंह धामीलाई एसएसबीले तुइन काटेर महाकाली नदीमा बेपत्ता बनाएपछि आक्रोशित युवा विद्यार्थीले आइतबार साँझ महेन्दनगरमा प्रदर्शन गरेका छन्। सुरक्षाकर्मीको अवरोधलाई छलेर उनीहरूले प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका छन्। एमाले सम्बद्ध अनेरास्ववियुका विद्यार्थी र युवाले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्। उनीहरूले पुत्ला जलाउनअघि प्रधानमन्त्री मोदीविरुद्ध नाराबाजीसमेत गरेका छन्।प्रहरीले प्रधानमन्त्री मोदीको पुत्ला जलाउन नदिन युवा विद्यार्थीलाई रोक्ने प्रयास गरेको