समाजका सबै पक्ष मिल्दा मात्र विकास सम्भव छ : मन्त्री चौधरी

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले विकास, निर्माण र संवृद्धि चाहने हो भने समाजका सबै पक्ष मिल्नुपर्ने धारणा राखेका छन् ।  शनिबार लमहीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘साँचो अर्थमा विकास चाहने हो भने समाजका सबै पक्ष, सबै वर्ग र सबै जनता मिल्न जरुरी छ । कसैले म एक्लै गर्न सक्छु भन्छ भने […]

सम्बन्धित सामग्री

प्रतिनिधि सभा भङ्ग गर्नेलाई सजाय दिने सुनौलो अवसर आयो : मन्त्री चौधरी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वोच्च निकाय प्रतिनिधि सभा भङ्ग गर्नेहरूलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन् ।  एकीकृत समाजवादी क्षेत्र नं १, दाङको आयोजनामा सोमबार लमहीमा आयोजित दसैँ तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरी यस्तो बताएका हुन् । नयाँ संविधानमार्फत […]

प्रतिनिधि सभा भंग गर्नेलाई सजाय दिने सुनौलो अवसर आयोः मन्त्री चौधरी

नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वाेच्च निकाय प्रतिनिधि सभा भंग गर्नेहरुलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन् । एकीकृत समाजवादी क्षेत्र नं १, दाङको आयोजनामा सोमबार लमहीमा आयोजित दसैँ तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरी भने, ‘सबै मिलेर विगतमा पञ्चायत फालियो । राजतन्त्र फालियो । नयाँ संविधानमार्फत् गणतन्त्र पनि सबै मिल्दा मात्र संभव भएको हो । अब फेरि जसले जनताको सर्वाेच्च निकाय प्रतिनिधि

अब कसैले अकालमा ज्यान गुमाउनुपर्दैन : मन्त्री चौधरी

शहरी विकास मन्त्री मेटमणि चौधरीले स्वास्थ्य सेवा अभावका कारण अब अकालमा कसैले पनि ज्यान फाल्न नपर्ने बताएका छन् । देउखुरी निसराउ समूहले गढवामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री चौधरीले यस्तो बताएका हुन् । मन्त्री चौधरीले स्तरीय जनशक्ति, आवश्यक उपकरण र पूर्वाधार निर्माण तथा व्यवस्थापनसँगै नागरिकको स्वास्थ्य उपचार सेवा फेरिँदै गइरहेको उनको भनाई थियो । मन्त्री चौधरीले नागरिक स्वास्थ्यप्रति सरकारले आफ्नो जिम्मेवारी बोध गर्दै एक वडा, एक सामुदायिक स्वास्थ्य

जातीय कुरा गरेर नेता भइदैन : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले जातीय कुरा गरेर नेता बन्न नसकिने धारणा राखेका छन्।

माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन सक्दैन : मन्त्री चौधरी

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन् । एकीकृत समाजवादी गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री चौधरी भने, ‘माधव नेपालले जहिल्यै पार्टी निर्माण गर्नुभएको छ । कम्युनिष्ट पार्टीको संगठन बनाएर विशाल पार्टी बनाउने नेता हो उहाँ । लाखौँलाख कार्यकर्ता निर्माण गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउने नेता हो उहाँ । शान्ति, संविधा

मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने–मन्त्री चौधरी

बुटवल, भदौ ११। मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने–मन्त्री चौधरी बुटवल–११, शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागी गठबन्धन दलहरु बिजय हुनुपर्ने औल्याए । उनले नेकपा एमालेका […]

समाजका सबै पक्ष मिल्दा मात्र विकास सम्भव छ : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले विकास, निर्माण र सम्बृद्धि चाहने हो भने समाजका सबै पक्ष मिल्नुपर्ने धारणा राखेका छन् । शनिबार लमहीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘साँचो अर्थमा विकास चाहने हो भने समाजका सबै पक्ष, सबै वर्ग र सबै जनता मिल्न जरुरी छ । कसैले म एक्लै गर्न सक्छु भन्छ भने त्यो मूर्खता मात्र हो ।’‘विपि स्मृति भवनलाई बजेट छुट्याएको छु । अब जनमोर्चा समेतलाई छुट्याउँछु । हिन्दु, गुम्बा देखि क्रिश्चियनसम्मलाई बजेट छुट्याइनेछ । सबै जनताले राज्य मेरो

देश बनाउने दायित्व साझा : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले एउटा व्यक्ति वा एउटा संस्थाले मात्र देश विकास  सम्भव नहुने भएकाले देश बनाउने दायित्व सबैको साझा भएको बताएका छन् । सहरी विकास मन्त्रालयद्वारा पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजित विद्यार्थीहरूसँग मन्त्री  कार्यक्रमको दोश्रो श्रृङ्खलामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरिङ पढेका विद्यार्थीहरुले आधुनिक र व्यवस्थित सहर निर्माणमा झनै ठुलो योगदान गर्न सक्ने बताउँदै उनीहरुसँग ठोस सुझाव समेत मागेका थिए । सहरी विकास मन्त्रीमा नियुक्त भएलगत्तै मन्त्री चौधरीले सब

सन् २०३० सम्म खानेपानीको दिगो विकास लक्ष्य पूरा हुनुपर्छ : मन्त्री चौधरी

काठमाडौँ,२९ असार । खानेपानी मन्त्री उमाकान्त चौधरीले जग्गा प्राप्तिलगायत समस्या समाधान गरेर सन् २०३० सम्म खानेपानीको दिगो विकास लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिएका छन् । खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाइ क्षेत्रको सङ्घ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्धसम्बन्धी विषयगत समितिको कार्यशाला गोष्ठीलाई मङ्गलबार साँझ राजधानीमा सम्बोधन गर्दै मन्त्री चौधरीले सन् २०३० सम्म ९० […]

चार सयको स्पिडमा काम गर्छु : नवनियुक्त मन्त्री चौधरी

काठमाडौं, १३ असार । नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले आफूले तीन सयदेखि चार सयको स्पिडमा काम गर्ने बताएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदभार सम्हाल्ने क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सहरी विकासको लागि मुख्य शहरमा विकास प्राधिकरण बनाउने पनि घोषणा गरे । नवनियुक्त चौधरीले होण्डा र […]