शहरी विकास मन्त्री मेटमणि चौधरीले स्वास्थ्य सेवा अभावका कारण अब अकालमा कसैले पनि ज्यान फाल्न नपर्ने बताएका छन् । देउखुरी निसराउ समूहले गढवामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री चौधरीले यस्तो बताएका हुन् । मन्त्री चौधरीले स्तरीय जनशक्ति, आवश्यक उपकरण र पूर्वाधार निर्माण तथा व्यवस्थापनसँगै नागरिकको स्वास्थ्य उपचार सेवा फेरिँदै गइरहेको उनको भनाई थियो । मन्त्री चौधरीले नागरिक स्वास्थ्यप्रति सरकारले आफ्नो जिम्मेवारी बोध गर्दै एक वडा, एक सामुदायिक स्वास्थ्य