काठमाडौँ । आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृत लिन थालिएको छ । वैदेशिक रोजगार विभागले सातै प्रदेशबाट श्रम स्वीकृतिको काम थालेको हो । आजदेखि जनकपुर र विराटनगरबाट व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिन थालिएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सबै किसिमको श्रमस्वीकृति प्रदान गर्ने उद्देश्यले भैरहवाबाट सेवा सुरु भएको श्रम विभागको वैदेशिक रोजगार व्यवस्थापन शाखाले व्यक्तिगत नयाँ श्रमस्वीकृति नदिँदा सेवाग्राही काठमाडौं नै पुग्नुपर्ने बाध्यता आइपरेको छ । गत असार १ गते श्रम विभागअन्तर्गत बुटवलमा रहेको कार्यालयबाट वैदेशिक रोजगार शाखा व्यवस्थापनको शाखा भैरहवा स्थानान्तरण गरी काम सुरु भएको थियो ।काम […]
भैरहवा- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने कोही कसैलाई छुट नहुने बताएका छन्। बुधबारबाट भैरहवामा संचालनमा आएको वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्न रुपन्देही पुगेका मन्त्री श्रेष्ठले भने, ‘म जे बोल्छु त्यही गर्छु, गर्न सक्ने मात्र बोल्छु। सोझासाझा श्रमिकलाई ठगेर विदेश बस्ने दलालमाथि कानुनी कारवाही हुन्छ।’ ‘सोझासाझा नागरिकलाई […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने कोही कसैलाई छुट नहुने बताएका छन् । बुधबारबाट भैरहवामा संचालनमा आएको वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्न रुपन्देही पुगेका मन्त्री श्रेष्ठले भने ‘ म जे बोल्छु त्यही गर्छु, गर्न सक्ने मात्र बोल्छु । सोझासाझा श्रमिकलाई ठगेर विदेश बस्ने दलालमाथि कानुनी कारवाही हुन्छ ।‘सोझासाझा नागरिकलाई ठगेर विदेश गएर बस्ने दलालहरुले अब ठगी गर्न नसोचे हुन्छ, हामी ठगी गर्न दिदैनौँ’, उनले च
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुरु भए लगत्तै वैदेशिक रोजगार व्यवस्थापन शाखा पनि खुलेको छ । विदेश जानेहरूका लागि पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम सो शाखाबाट हुने भएको छ ।यससँगै अब श्रम स्वीकृतिका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ । आज भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्दै मेनपावर कम्पनीहरुलाई भैरहवामा कार्यालय खोल्न आग्रह गरे । मन्त्री श्रेष्ठले आज भैरहवाको कार्यालय
वैदेशिक रोजगार कार्यालय ताहाचलका नायव सुब्बा दुर्गा प्रसाद पोखरेल घूससहित पक्राउ परेका छन् । बैदेशिक रोजगारको सिलसिलामा श्रम स्वीकृती बनाउन आएका सेवाग्राहीसँग २१ हजार घूस लिएको आरोपमा उनी पक्राउ परेका हुन् ।
सेवाग्राहीको काम सम्पन्न बिचौलियासँग जानुपर्ने बाध्यता सिर्जना गरी बिचौलियाको काम गर्ने खेम प्रसाद काफ्लेमार्फत उनले घूस मागेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीको आधारमा अख्तियारको टोलीले पोखरेल र बिचौलिया खेम प्रसाद काफ्लेलाई २१ हजार घूस लिइसकेको अवस्थामा सोल्टिमोड स्थित रेडक्रस मार्गको स...
स्वदेशमै रोजगारी नपाउँदा जहान-परिवार पाल्ने सुन्दर सपना बोकेर खाडी मुलुक जान बाध्य नेपालीहरूको वैदेशिक रोजगार रहर नभएर बाध्यता हो । सबै युवा एउटै गाउँबाट खाडी राष्ट्रका विभिन्न गन्तव्यमा पुग्न बाध्य छन् । महँगो र भड्किलो जीवनशैलीका कारणले दैनिकी टार्न युवा बिदेसिन बाध्य भएका छन् । परिवार, छिमेकी र आफन्तले पार्ने मानसिक दबाबका कारणले पनि युवामा […]
पासपोर्ट बनाउन राति एक बजेदेखि लाइन भन्ने शीर्षकमा रातोपाटीको वेभसाइटमा राखिएको फोटो फिचरमा नजर पुग्ने जोकोहीको पनि मन पोल्नु स्वाभाविकै हो । विशेषगरी त्यहाँ ससाना दूधे बालक बोकेर लाइनमा उभिएका आमाहरूका तस्बिर थिए । मुलुकले भोग्नुपरेको गम्भीर सङ्कटको यो एउटा तस्बिर हो । तस्बिरले दिने अर्को सन्देश पनि छ । त्यो के हो भने नेपालको कृषि, पशुपालन र उद्योग आदि सेक्टरमा जनशक्तिको ठूलो अभाव छ । त्यो अभाव पूर्तिका लागि बिहार, उत्तरप्रदेश बङ्गाल आदि भारतीय राज्यका श्रमिकहरूमाथि भर पर्नुपर्ने अवस्था छ
काठमाडौं : विगत २ वर्षदेखि ठप्प जस्तो रहेको वैदेशिक रोजगार क्षेत्र यतिवेला चलायमान बन्दै गएको छ। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिम कम भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या बढेको वैदेशिक रोजगार विभागले जनाएको छ।सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाएको निषेधाज्ञा हटाएसँगै श्रमस्वीकृति लिनेको संख्या बढेको वैदेशिक रोजगार विभाग कार्यालय ताहाचलले जनाएको छ। लामो समयदेखि कोरोना खोप, क्वारेन्टाइन खर्च आफैंले बेहोर्नुपर्ने जस्ता नियम भएकाले युवाहरू वैद