काठमाडौं, वैशाख ३१ । काठमाडौंको टोखा नगरपालिकामा नेकपा एमालेका उम्मदेवारले सुरूवाती अग्रता लिएका छन्। मेयर पदका लागि अहिलेसम्म एमाले उम्मेदवारले ९९ मत ल्याएका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवारले ६५, नेकपा माओवादीका उम्मदेवारले १३, नेकपा एकीकृत समाजवादीका उम्मेदवारले १ र नेमकिपाले ८ मत ल्याएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।