भारत र चीनबीच सीमामा चलिरहेको विवाद समाधान हुने कुनै लक्षण देखिएको छैन । आइतवार सैन्य कमान्डर स्तरको वार्ता परिणाममुखी रहेन । यसैबीच चिनियाँ सेना वास्तविक नियन्त्रण रेखा नजिक तनावग्रस्त क्षेत्रमा संख्या बढाउन थालेको छ । चार महिनाअघि दुई देशले तनाव भएका मोर्चामा सैन्य संख्या नबढाउने भनेका थिए तर चीनले अटेरी गरेको भारतको भनाइ छ । छैटौं चरणको वार्तापछि संयुक्त बयान जारी गर्दै सीमामा सैनिकहरूको संख्या नबढाउन र एकतर्फी रूपमा स्थिति परिवर्तन नगर्न दुई पक्षबीच सहमति बनेको थियो । तर चार महिनापछि पहिल...