दाङमा जनावरलाई पानी खान जङ्गलमा पोखरी

दाङ – वन्यजन्तुलाई जङ्गलभित्रै खानेपानीको व्यवस्थापन गर्न दाङको देउखुरीको जङ्गलमा पोखरी खनिएको छ । देउखुरीको लमही बजारदेखि १ किलोमिटर पूर्व राजमार्गदेखि ५ सय मिटरभित्र जङ्गलमा ठूल्ठूला पोखरी खनिएको छ ।  वन्यजन्तुलाई जङ्गलभित्रै खानेपानीको व्यवस्थापन गर्न पोखरी तयार पारिएको हो । पानी खानको लागि राजमार्ग पार गरेर खोला तथा बस्तीमा पस्ने जङ्गली जनावरलाई अब जङ्गलभित्रै आकाशे पानीलाई सञ्चित गर्ने उद्देश्यले पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ । देउखुरीका विभिन्न ठाउँमा गरि आधा दर्जनभन्दा धेरै ...

सम्बन्धित सामग्री

सिँचाइ र जङ्गली पशुपक्षीका लागि दाङमा ६ वटा पोखरी निर्माण

दाङ - किसानलाई सिँचाइ सुविधा दिन तथा जङ्गली पशुपक्षीलाई पिउने पानीको सहज उपलब्धताका लागि दाङमा पछिल्लो एक वर्षमा ६ वटा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको 'एक वडा एक पोखरी' कार्यक्रममार्फत् गएकाे आर्थिक वर्ष २०७९/०८० मा थप ६ वटा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र दङ्गीशरण गाउँपालिकामा ६ वटा पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ । सामुदायिक वन समूहको...

दाङमा माघीको रौनक

तुलसीपुर : माघीको अवसरमा थारू बाहुल्य क्षेत्र रौनकमय बनेको छ। विगतका वर्ष झैँ योपटक पनि जिल्लाका विभिन्न ठाउँमा माघीको अवसरमा थारूहरूको कला संस्कृति संरक्षणका लागि महोत्सव लगाएका छन्। उनीहरू सयौँको सङ्ख्यामा उपस्थित भएर आफ्नो कला, संस्कृति प्रस्तुत गरेका छन्।थारू गाउँमा अहिले माघीको विशेष परिकारका लागि ढिक्री बनाउन, दुना टपरी गाँस्ने लगायतका घरकै कामकाज उनीहरूलाई गर्न भ्याईनभ्याई छ।माघ १ गतेका दिन नजिकको जलाशय नदी, पोखरी, तलाउ लगायतका स्थानमा गएर नुहाउने र मतहवाको हातबाट टीका ग्रहण गरेर दिद

लक्ष्य ५६ हजार हेक्टरमा सिँचाइ पुर्याउने, ५ वर्षमा साढे ११ हेक्टरमा मात्र पुग्यो

दाङ : ५६ हजार हेक्टरलाई  सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ २०७४ सालमा दाङमा स्थापना भएको बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले गत आर्थिक वर्षसम्म  साढे ११ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याएको जनाएको छ।कार्यालयका अनुसार यो आयोजना २०८३-८४ सम्म रहने अनुमान गरिएको छ। २०७४ साल वैशाख १ गतेदेखि २०७९ साउन २२ गतेसम्म जिल्लाभर ३० वटा जलाशय, २८ वटा लिफ्ट आयोजना, २९ वटा पोखरी, ३० वटा बोरिङ र २५० किलोमिटर पक्की नहर निर्माण हुँदा ११ हजार ५ सय हेक्टरमा सिँचाइ सुविधा पुगे

माछा उत्पादक जिल्लाको रूप लिँदै दाङ

दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । नदी, खोला र प्राकृतिक पोखरीमा पालिने गरेकामा अब कृत्रिम पोखरी बनाएर व्यावसायिक रुपमा पालिएको माछाले यहाँको माग धान्न थालेको छ राम्रो आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको हो । जिल्लामा केही वर्ष अघिसम्म थोरैले माछापालन गर्दै आए पनि अहिले व्यावसायिक रूपमै माछापालन गर्ने …

दाङमा पोखरी खन्दा अनुमति भन्दा बढी बालुवा-ढुंगा उत्खनन

२१ जेठ, बुटवल । दाङको राजपुर गाउँपालिकामा माछापोखरी बनाउने नाउँमा बालुवा र ढुंगा उत्खनन गरी बिक्री गरेको पाइएको छ । राजपुर गाउँपालिका– २ स्थित शोभा कृषि फार्म प्रालिको नाममा दुईवटा पोखरी खन्दा तोकिएको मात्रा भन्दा ६ …

एक करोड लगानीमा दाङमा व्यावसायिक पाडापालन

दाङ । दाङको घोराहीमा व्यावसायिक रूपमा पाडापालन शुरू गरिएको छ । ‘अम्बिकेश्वरी कृषि तथा पशु पालन फार्म’ स्थापना गरेर स्थानीय माधव ढकाल, केशव बेलबासे र भोला बेलबासेले करीब रू. १ करोड लगानीमा व्यवसायिक पाडापालन शुरू गरेका हुन् । घोराही उपमहानगरपालिका–१८ कटुवाखोला किनारामा शुरू गरिएको फार्ममा हाल ४१ पाडाहरू छन् । व्यावसायिक रूपमा पाडापालन गर्न करीब रू. ७० लाख लगानीमा भौतिक संरचना निर्माण गरिएको छ । पाडा राख्ने पक्की संरचना, पानी पोखरी, घाँस/पराल राख्ने स्थान ठूलो संरचना बनाइएको छ । ‘शुरूमा ५० लाखजतिको लगानीमा भवन निर्माण गर्ने योजना बनाएका थियौं,’ सञ्चालकमध्येका केशव बेलबासेले भने, ‘भौतिक संरचना निर्माण गर्दागर्दै ७० लाख जति लागिसक्यो ।’ उनका अनुसार भैंसी, पाडा र घाँस पराल खरीदका लागि रू. ३० लाख खर्च भएको छ । शुरूमा माऊ भैंसी राखेर केही समय दूध उत्पादन पनि शुरू गरिएको थियो । पाडा हुर्केपछि अहिले तीनओटा मात्रै माऊ भैंसी राखिएको छ भने ४१ ओटा पाडापाडी छन् । भारतीय सीमावर्ती क्षेत्रबाट मासुका लागि पनि ठूलो संख्यामा भैंसीहरू भित्रने गरेकाले त्यसको आपूर्ति जिल्लामै गर्ने उद्देश्यले व्यावसायिक रूपमा पाडापालन गरिएको फार्म सञ्चालकहरू बताउँछन् । पालिएका पाडाहरू मासुका लागि योग्य भएपछि र पाडी हुर्केर दूध दिने भैंसीको रूपमा विकास भएपछि विक्री गरिने अर्का सञ्चालक माधव ढकालले बताए । हाल ४१ ओटा पाडापाडी भए पनि निकट भविष्यमा २०० ओटा पु¥याउने लक्ष्य रहेको उनले सुनाए । करीब दुई बिघा क्षेत्रफलमा व्यवसाय शुरू गरेकाले भैंसी तथा पाडापालनका लागि घाँसको समस्या नहुने उनको भनाइ छ । पछिल्लो समय जिल्लालाई मासु र दुध उत्पादनमा आत्मनिर्भर बनाउन यस्ता व्यवसाय सञ्चालन हुँदै आएको, तर यति ठूलो लगानीमा व्यावसायिक पाडापालन जिल्लाकै नमूना भएको जिल्ला उद्योग वाणिज्य संघ दाङका उपाध्यक्ष रामप्रसाद पोख्रेलले बताए । ‘जिल्लामा मासुकै लागि पनि भारतबाट ठूलो संख्यामा भैंसी भित्रने गर्दछन्,’ उनले भने, ‘यसलाई विस्थापन गर्न र जिल्लालाई मासु तथा दूध उत्पादनमा आत्मनिर्भर बनाउन यसले सहयोग पुग्नेछ ।’ यस्ता फार्मलाई राज्यको तर्फबाट पनि सहयोगको खाँचो रहेको उनको भनाइ छ ।