तुलसीपुर : माघीको अवसरमा थारू बाहुल्य क्षेत्र रौनकमय बनेको छ। विगतका वर्ष झैँ योपटक पनि जिल्लाका विभिन्न ठाउँमा माघीको अवसरमा थारूहरूको कला संस्कृति संरक्षणका लागि महोत्सव लगाएका छन्। उनीहरू सयौँको सङ्ख्यामा उपस्थित भएर आफ्नो कला, संस्कृति प्रस्तुत गरेका छन्।थारू गाउँमा अहिले माघीको विशेष परिकारका लागि ढिक्री बनाउन, दुना टपरी गाँस्ने लगायतका घरकै कामकाज उनीहरूलाई गर्न भ्याईनभ्याई छ।माघ १ गतेका दिन नजिकको जलाशय नदी, पोखरी, तलाउ लगायतका स्थानमा गएर नुहाउने र मतहवाको हातबाट टीका ग्रहण गरेर दिद