अपराजित रहँदै इटली समूह 'ए' को विजेता, वेल्स पनि अन्तिम १६ मा

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न समूह 'ए' को खेलमा इटलीले वेल्सलाई र स्वीजरल्याण्डले टर्कीलाई हराएको छ। त्यस्तै आजै सम्पन्न अर्को खेलमा स्वीजरल्याण्डले टर्कीलाई हराएको छ। इटलीको रोमस्थित स्टेडियो ओलम्पिकोमा सम्पन्न खेलमा इटलीले वेल्समाथि १-० को जित निकाल्यो। खेलको ३९ औं मिनेटमा म्याट्टेओ पेसिनाको गोलमा इटलीले अग्रता बनाएको थियो। अर्कोतर्फ…

सम्बन्धित सामग्री

युरोकपमा नकआउट चरणका खेल सुरु हुँदै

काठमाडाैं : १६ औं संस्करणको युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछ।नकआउट चरण अन्तर्गतको खेलमा पहिलो दिन आज दुई खेल हुँदैछ। आज वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटली र अष्ट्रिया आमनेसामने हुनेछन्।वेल्स र डेनमार्कबीचको खेल नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा राती पौने १० बजे सुरु हुनेछ। दुबै टिम आजको खेलमा जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनाका साथ मैदान उत्रनेछन्।वेल्स समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो। वेल्सले ३ खेलमा ४ अंक जोडेको थियो। समूह चर

युरोकपकाे अन्तिम १६ मा कुन टोलीले कोसँग खेल्दैछन ?

काठमाण्डाै – युरोकप फुटबलमा अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो । अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।

युरो कप फुटबल : इटलीले वेल्सलाई हरायो, दुवै नकआउट चरणमा प्रवेश

काठमाण्डाै - युरो कप फुटबलमा इटली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति रोममा भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोलले हराउँदै इटली नकआउट चरणमा प्रवेश गरेको हो । १० खेलाडीमा समेटिएको वेल्सलाई हराउन इटलीका माटियो पेसीनाले निर्णायक गोल गरे । उनले खेलको ३९ औं मिनेटमा गोल गरेका थिए ।  खेलको ५६ औं मिनेटमा इथान एम्पडुले रेड कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । इटलीका फेड्रिको बेर्नार्डेस्चीलाई फल गरेपछि रेफ्रीले उनलाई रेड कार्ड देखाएका थिए  । इटलीले ३ खेलमा ९...

युरो कपमा आज दुई वटा खेल, नकआउटमा पुग्ने अर्को टोलीको टुङ्गो लाग्दै

काठमाण्डाै – युरो कप फुटबलमा आज समूह 'ए' का दुई वटा खेल हुँदैछन् । राति पौने १० बजे हुने खेलमा इटली  र वेल्स खेल्दैछन् । इटली यसअघि स्विजरल्यान्ड र टर्कीलाई हराएर अन्तिम १६ मा पुगिसकेको छ । आज विजयी भएमा इटली समूह विजेता बन्नेछ । वेल्सले आजको खेल जितेमा या बराबरीमा रोकिएमा पनि नकआउट चरणमा प्रदेश गर्नेछ । तर आज वेल्स इटलीसँग हारेमा र स्विजरल्यान्डले टर्कीलाई ठूलो अन्तरले हराएमा स्विजरल्यान्ड नै अन्तिम १६ मा पुग्नेछ । आजै राति पौने १० बजे नै स्विजरल्यान्ड र टर्की खल्दैछन् । स्विजरल्यान्ड १ अङ्क...

स्विचरल्यान्डविरुद्ध इटलीको शान्दार जीत, अन्तिम १६ मा छनोट

विश्वकपको सुरुवाती खेलमा टर्कीलाई ३–० ले हराएको इटलीले मध्यरातीको खेलमा स्विचरल्यान्डविरुद्ध पनि ३–० कै जित निकालेको छ । यससँगै समूहमा दुई खेलबाट स्पष्ट ६ अंक हासिल गरेको इटली अन्तिम १६ मा छानिने पक्का भएको छ । इटलीको जितमा म्यानुयल लोकाटेल्लीले दुई तथा सिरो इम्मोबाइलले एक गोल गरे । यही समूहको अर्को खेलमा वेल्सले टर्कीलाई २–० ले हराएको छ । यस जीतसँगै ४ अंक हासिल गरेर वेल्स समूहमा दोस्रो स्थानमा छ ।समूहचरणको अन्तिम खेलमा वेल्सले शीर्ष स्थानको इटलीसँग भिड्नेछ । त्यस्तै, अर्क