कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गौरा पर्वको विशिष्ट पहिचान रहेको बताएका छन्। आज प्रदेशवासीका नाममा शुभकामना सन्देश दिँदै मुख्य मन्त्री भट्टले सुदूरपश्चिम प्रदेश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संगमको स्थल भएको बताए। उनले परापूर्वकालदेखि मनाउँदै आएको गौरा पर्वको आफ्नै ऐतिहासिकता र पौराणिकता रहेको बताए।‘गौरा पर्व आपसी समझदारी र बन्धुत्वको भावना जगाई खुशियालीका साथ मनाउनु हुनेछ भन्ने विश्वास बोेकेको छु’, उन
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरूलाई समाधान गर्न सरकार लागिपरेको बताएका छन्।शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले आयल निगम सम्बन्धी समस्याहरुलाई प्राविधिक रुपमा भन्दापनि नीतिगत रुपमा समाधान गर्न सरकार लागिपरेको बताएका हुन्। उनले राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसेको जानकारी दिँदै थप छलफल गरी ल्याउने तयारी गरिरहेको बताए।यस्तै, व्यव
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकारले गति लिन नसकेको बताएका छन् ।
शुक्रवार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘सुदूरपश्चिम प्रदेश सरकारको विषयमा अहिले केही भनिरहनुपर्छ जस्तो लाग्दैन, पार्टी नेतृत्वले छलफलपछि निकास निकाल्छ ।’
सञ्चारकर्मीको एक प्रश्नमा उनले नेकपा माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता नलिएसम्म संघीय सरकारमा ठूलै फेरबदल हुने सम्भावना पनि नदेखिएको बताए ।
मकवानपुर – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राजनीतिक स्थिर नभएसम्म औद्योगिक क्षेत्रसहित अन्य क्षेत्रको विकास नहुने बताउनुभयाे । विकास र निर्माणका लागि राजनीतिक स्थिरता हुनुपर्नेमा घरभित्रै प्रतिपक्षको भूमिका खेल्ने व्यक्तिहरू हाबी भएपछि केही समस्या र अप्ठ्यारा उत्पन्न भएको बताउनुभयाे ।
नेपाल सरकारबाट घोषित औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने क्रममा वाग्मती प्रदेशकाे राजधानी हेटौँडामा अवस्थित मयुरधाप औद्योगिक क्षेत्रकाे शिलान्यास गर्दै भन्त्री भट्टले यस्ताे बताउनुभएकाे हाे ।
कार्यक्रममा ब...
बाँके – नेपाल सरकारले घोषणा गरेको नौवस्ता औद्योगिक क्षेत्रको मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गर्नुभएको छ ।
कार्यक्रममा मन्त्री भट्टले यो शिलान्यासका लागि मात्रै शिलान्यास नभएको भन्दै द्रुत गतिमा निर्माण कार्य अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा राज्य मन्त्री विमला विक, लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश सांसद आईपी खरेल, बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाललगायतले औद्योगिक क्षेत्र बाँके मात्रै नभइ पश्चिम नेपालकै लागि फाइदाजनक भएको बत...
नेकपा ओली पक्षका स्थायी कमिटि सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रचण्डलाई लाल गद्दारको संज्ञा दिदै उनले सडकमा तमासा देखाएको बताएका छन्।
पूर्व जनमुक्ति सेना नेपाल केन्द्रीय संयोजन समितिको बुटवलमा आयोजित राष्ट्रिय भेलामा बोल्दै उनले प्रचण्डले पूर्व जनमुक्ति सेना र उनीहरूका परिवारलाई धोका दिएको बताए।
उनले प्रचण्ड पद, सम्मान, सुखसयलका लागि आन्दोलनमा लागिरहेको र प्रचण्डमा सामन्ती प्रवृत्ति हाबी भएको भन्दै प्रचण्डको आन्दोलन विरूद्ध उभिने समय आएको बताए।
उनले पार्टी जोगाउनका लागि क...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पार्टीभित्रको गलत प्रवृत्तिका विरुद्ध यतिबेला वैचारिक बहस गर्न जरुरी भएको बताएका छन् । नेकपा कैलालीको आज धनगढीमा भएको जिल्ला कमिटीको तेस्रो बैठकमा उनले पार्टीभित्र जन्मेको प्रतिपक्षीले काम गर्ने वातावरण नदिएपछि प्रधानमन्त्रीले संविधानबमोजिम प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने निर्णय लिनुभएको स्पष्ट पारे ।अहिलेको अवस्थामा पार्टीलाई जनतामाझ पुनःस्थापित गर्न सक्रियता देखाउनुपर्नेमा जोड दिनुहुँदै मन्त्री भट्टले भने, “आगामी निर्वा
ललितपुर : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने बताएका छन्। शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ४१ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री भट्टले विभिन्न वस्तुमा कृत्रिम मूल्यवृद्धि भएको गुनासो आएकोले व्यवसायीहरु नसच्चिए सरकारले अनुगमन गरी कारबाही गर्ने बताएका हुन्। अहिले दाल, फलाम, सिमेन्टलगायत वस्तुमा अत्याधिक महँगी बढेको गुनासो आएकोले मूल्यवृद्धि नियन्त्रण आफैं गर्न उद्योग व्यवसायीका संगठनलाई आग