नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) को १५ औं साधारणसभाबाट सेयरधनीहरूलाई कूल १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंक सञ्चालक समितिको प्रस्तावअनुसार साधारणसभाले १२.६११ प्रतिशत बोनस सेयर र चुक्ता पूँजीको ३.३८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा साधारणसभा आज (शुक्रबार) सम्पन्न भएको बैंकले जानकारी दिएको छ । साधारणसभामा आर्थिक वर्ष २०७७/७८ मा बैंकका प्रमुख उपलब्धि, भविष्यका योजना, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूबारे छलफल