काठमाडौं । गत महिना मात्र लामो समय प्रसारणको रेकर्ड राखेको टेलिभिजन सिरिज ‘मेरी बास्सै’मा माग्ने बुढा पात्रको पुनरागमन भएको छ । मंगलबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुने उक्त सिरिजमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’कै रोलमा प्रस्तुत …
ऋषि लामिछानेको निर्देशनमा फिल्म माग्ने राजा बन्ने भएको छ । फिल्मको कथा सामिप्यराज तिमिल्सेनाले लेखेका छन् । फिल्मको मुख्य भूमिकामा केदार घिमिरे उर्फ माग्ने बुढा रहनेछन् । मुनाल घिमिरे निर्माता रहने फिल्मको केही दिनमा औपचारिक घोषणा हुनेछ ।
काठमाडौँ । नेपालको सबैभन्दा लामो समय प्रसारण भएको हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे देखिने भएका छन् । मंगलबार प्रसारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भूमिकामा घिमिरे प्रस्तुत हुनेछन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई नेवा समुदायको आस्थामाथि चोट पुर्याउने गरी व्यंग्य गरेको भन्दै उनीविरूद्ध प्रहरीमा परेको उजुरीको आधारमा भाद्र १२ गते प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।...
काठमाडौं, १६ साउन । कला क्षेत्रमा ‘माग्ने बुढा’ का नामले चर्चित केदार प्रसाद घिमिरेले माफी मागेका छन् । उनले भगवान महादेवलाई लिएर बनाइएको विषयवस्तुको आलोचना भएपछि माफी मागेका हुन् । एपी वानको कमेडी हबमा भगवान महादेवलाई लिएर उनले बनाएको विषयवस्तुको आलोचना भएको थियो । उनले विषयवस्तु सबै सामाजिक सञ्जालहरुबाट हटाइसकेको समेत उल्लेख गरेका छन् । […]
काठमाडौँ– माग्ने बुढाको उपनामले परिचित केदारप्रसाद घिमिरेले ‘कमेडी हब’ नामक शो ल्याउने भएका छन् । उनको निर्देशन रहने स्ट्याण्डअप कमेडी टेलिभिजन शो ‘कमेडी हब’ बुधबारदेखि प्रसारण हुने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कमेडी हबले माग्ने बुढा र राजा राजेन्द्रसँग सहकार्य गरेको छ । कमेडी च्याम्पियन हिमेश पन्तसहितका १८ कमेडियनले स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने […]