एमालेले पैसाको खोलो बगाए पनि सफल हुन दिएनौँ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचनमा अकुत सम्पत्तिको प्रयोग गरेको आरोप लगाएका छन्। पार्टीनिकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले सुनिरहेका छौँ। राष्ट्रियसभाको निर्वाचनमा अकुत सम्पत्ति प्रयोग गरियो रे। पैसाको खोलो बगाउँदा पनि हामीले उनीहरुलाई सफल हुन दिएनौँ। तर, हामीले पनि आफ्नो मान्छेलाई बलियो बनाउन सक्नुपर्छ।’अहिले आफूलाई सबैभन्दा ठूलो चुनौती भनेको केपी ओली गु

सम्बन्धित सामग्री

अमेरिकी राजदूत थम्पसनले भेटे माधव नेपाल

काठमाडौं, २१ मंसिर । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। आज (बुधबार) राजदूत थम्पसन नेकपा (एकीकृत समाजवादी) को पार्टी मुख्यालय आलोकनगर पुगेर अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन्। भेटको क्रममा नेपालले राजदूत थम्पसनलाई सफल कार्यकालको शुभकामना दिएका थिए । यस्तै, उनीहरुबीच दुई […]

गठबन्धन तोडेर ओली, प्रचण्ड र माधव नेपाल मिलाउन वामदेव सफल होलान्

काठमाडौं, १७ असार । यतिबेला वामदेव गौतम नेकपालाई ब्युँताउने कसरतमा छन् । यो सजिलो भने छैन । नेकपा फुटेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः जिवित भइसकेको छ । एमाले पनि फुटेर नेकपा एकीकृत समाजवादी पार्टी बनिसकेको छ । केपी शर्मा ओली र माधवकुमार नेपालबीच पानी बाराबार नै छ । ओली र प्रचण्ड पनि […]

हन्डरै–हन्डरबाट उठेर सफल उद्यमी बनेका माधव नेपाल

घ्यूसँग नून साट्ने बुटवल (बटौली) शहरका पुराना होटल व्यवसायी हुन् माधव नेपाल तर उनको परिचय अहिले यतिमा मात्रै सीमित छैन । २०३० सालको दशकतिर शिक्षकको सरकारी जागिर त्यागेर १०० रुपैयाँ लिई गाउँ छाडेर हिँडेका नेपालले अहिले बुटवलमा सफल पर्यटन व्यवसायीको पहिचान  बनाएका छन् । नयाँ पुस्ताका उद्यमीले नेपाललाई अभिभावक मान्छन् ।  २०१५ सालमा पाल्पाको रिब्दीकोट गाउँपालिका–२ (साविक देउराली गाविस) लघुवामा जन्मिएका नेपाल पढाइमा तगडा थिए । विद्यालय तहको पढाइ ३ वटा स्कूल फेरेर पूरा गरी माधवले तत्कालीन एसएलसी ...

गठबन्धन टुट्दैनः माधव नेपाल

काठमाडौं, १९ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन नतोडिने दाबी गरेका छन् । उनले गठबन्धन तोड्न षड्यन्त्रहरु भइरहेकोमा सफल हुन नदिने बताए । ‘गठबन्धन तोड्ने चाहना राखेका होलान्, गठबन्धन तोडनुस् साथ दिन्छौं पनि भनेका होलान्,’ पार्टीनिकट अनेरास्ववियूले बुधबार राजधानीमा आयोजना गरेको रक्तदान कार्यक्रममा नेपालले भने,‘गलत मनशाय सफल हुनेवाला छैन । […]

लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन संविधानको सफल कार्यान्वयन आवश्यक : माधव नेपाल

ललितपुर– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बहुदलीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनका लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताएका छन् । शनिबार ललितपुर महनगरपालिका – २ नम्बर वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै नेता नेपालले राज्यको विभिन्न निकायको बीचमा अधिकार र कर्तव्यको सन्तुलन कायम गरेर संघीय व्यवस्थालाई बलियो बनाउनुपर्ने र संविधानको सफल कार्यान्वयन गर्नुपर्ने धारणा राखे […]

सफल सरकारका लागि मन्त्रीहरू पनि काबिल चाहिन्छ : माधव नेपाल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एक्लैले जनअपेक्षित काम गर्न नसक्ने बताएका छन्। विश्व बाघ दिवसको अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने, 'प्रधानमन्त्री एक्लैले पहल गरेर हुँदैन। सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल चाहिन्छ, समर्पित चाहिन्छ र सिर्जनात्मक चाहिने रहेछ।' मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई देश र जनताको काम गर्नका लागि सक्षम टिम चयन गर्न सुझाए। यस्तै, उनले वातावर

सरकारलाई सफल बनाउने गठबन्धनको निर्णय, माधव नेपाल पनि एकसाथ

साउन ९, काठमाण्डौ । शनिवार साँझ बसेको सत्तापक्षको गठबन्धन बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सफल र प्रभावकारी बनाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले जनताका समस्या सम्बोधन गर्दै सरकारलाई सफल र प्रभावकारी बनाउने निष्कर्ष निकालेको हो । सरकारलाई सफल बनाँउन गठबन्धनलाई अभैm प्रभावकारी ढङ्गले अघि बढाउने […]

माधव नेपाल पक्षद्वारा समानान्तर कमिटी बनाउने घोषणा

काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहले पार्टी फुटाउने उद्देश्य साथ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव र अध्यक्ष बाहेकका पदाधिकारीको जिम्मेवारी खोसेर मंसिरमा महाधिवेशन गर्ने निर्णय गरे लगत्तै बसेको नेता नेपाल पक्षको बैठकले विधान विपरीत निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ ।जसअनुसार समानान्तर कमिटी बनाउने नेपाल पक्षले निर्णय  लिएको छ । यस्तै संसदमा विघटन गर्ने योजना सफल नभएपछि अध्य

आमहडताल सफल भयो : प्रचण्ड-माधव समूह

नेकपाको प्रचण्ड-माधव नेपाल समूहले बिहीबार आह्वान गरेको आमहडताल सफल भएको दाबी गरेको छ