धुलिखेलमा होटल बुकिङ धमाधम रद्द

काभ्रे ।  कोरोना सङ्क्रमण बढ्न थालेपछि यहाँको पर्यटकीय गन्तव्य धुलिखेलका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् । कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्दै गएपछि यही वैशाख पहिलो सातादेखि नै होटलका बुकिङ रद्द हुन थालेको क्षेत्रीय होटल सङ्घ (हान) ले जनाएको छ ।धुलिखेलका होटल सञ्चालकबाट बुकिङ गरिएका कार्यक्रम सबै ...

सम्बन्धित सामग्री

घोडेपानी र पुनहिलमा पर्यटकको बढ्न थालेपछि व्यवसायी उत्साहित

काठमाण्डौ – म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । बर्खायाम नसकिँदै विदेशी पर्यटकको आगमन शुरु भएको जनाउँदै भदौको पहिलो हप्तादेखि दैनिकरूपमा २० देखि एक सय जनासम्म विदेशी पर्यटक पुनहिल पुग्न थालेका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले जानकारी दिनुभयो । आगामी सिजनका लागि विदेशी पर्यटकले धमाधम होटल बुकिङ गर्न थालेका उहाँले बताउनुभयो । ...

दसैंका लागि अहिलेदेखिनै होटल बुकिङ, हाइ इन्ड रिसोर्टको अहिलेनै ५० % बुकिङ

काठमाडौं। दसैंका लागि उपत्यका बाहिरका होटल तथा रिसोर्टमा धमाधम अग्रिम बुकिङ आउने थालेको छ। उपत्यका बाहिर रहेका कसारा, बाराही जंगल

संक्रमणको जोखिम बढेपछि धमाधम होटल बुकिङ रद्द

बागलुङ । चलायमान हुँदै गरेको बागलुङको होटल व्यवसाय  कोरोना संक्रमणको जोखिम बढेसँगै पुनः संकटमा पर्न थालेको छ । कोरोनाका कारण धराशयी बन्न थालेका होटल केही महीनायता राम्रो चले पनि बागलुङ कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा परेको खबर सार्वजनिक भएपछि होटल व्यवसाय प्रभावित हुन थालेको होटल व्यवसायी बताउँछन् ।      कोरोनाको जोखिमयुक्त १४ जिल्लाको सूचीमा पर्नु र बागलुङका पर्यटकीय क्षेत्र वैशाख मसान्तसम्म बन्द गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङको निर्णयका कारण होटलमा अग्रिम रूपमा भएको बुकिङसमेत धमाधम रद्द भएको होटल व्यवसायीले गुनासो गरेका छन् ।          प्रशासनले भिडभाड हुने पर्यटकीय क्षेत्रमा वैशाख मसान्तसम्म प्रवेशमा रोक लगाएपछि होटल बुकिङ रद्द भएको होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए । ‘जिल्लामा अवलोकन भ्रमण गर्नेको चाप ह्वात्तै बढेको थियो । तर कोरोनाको जोखिम बढेको भन्दै पर्यटकीय स्थलमा वैशाख ८ गतेदेखि प्रवेशमा रोक लगाइएपछि अग्रिम बुकिङ भएका होटल धमाधम रद्द भएका छन्,’ उनले भने, ‘कोरोनाले थलिएको होटल व्यवसाय उठ्न थालेको समयमा पुनः सुस्ताएको छ ।’      कोरोनाको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय बागलुङले मठमन्दिर प्रवेश गर्न र सभासम्मेलन गर्न रोक लगाएपछि होटलहरू सुनसान भएका हुन् । लामो समय कोरोनाले गर्दा ठप्प भएका होटल व्यवसाय लकडाउन खुुलेपछि सञ्चालनमा आएका थिए । बागलुङका होटल चल्ने भनेकै बागलुङको प्रसिद्ध कालिका मन्दिर, विश्वकै लामो दाबी गरिएको ५६७ मिटर लामो बागलुङ बांगेचौरबाट पर्वतको अदुवाबारी जोड्ने झोलुंगे पुल, पञ्चकोट र शालिग्राम संग्रहालय हेर्न पर्यटक आउने गरेका थिए । कालिका मन्दिर र मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रीले गर्दा नै बागलुङका होटल व्यवसायी चलेको, तर अहिले मठमन्दिर प्रवेशमा रोक लगाउँदा आफूहरू मारमा परेको व्यवसायीको गुनासो छ । भर्खर व्यापार शुरू भए पनि कोरोनाका कारण फेरि बन्द गर्नुपर्ने अवस्था आएको होटल राजनका सञ्चालक एञ्जिल शाक्यले बताए । रासस

कोरोना संक्रमण बढ्न थालेसँगै धुलिखेलका होटल बुकिङ धमाधम रद्द हुँदै

वैशाख ९, काभ्रेपलाञ्चोक । कोरोना संक्रमण बढ्न थालेपछि काभ्रेपलाञ्चोकको पर्यटकीय गन्तव्य धुलिखेलका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् । कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढ्दै गएपछि यही वैशाख पहिलो सातादेखि नै होटलका बुकिङ रद्द हुन थालेको क्षेत्रीय होटल संघ (हान) ले जानकारी दिएको छ । धुलिखेलका होटल सञ्चालकबाट बुकिङ गरिएका कार्यक्रम सबै रद्द गर्न थालिएको गुनासो आइरहेको संघका अध्यक्ष प्रेमकण्ठ माकजू श्रेष्ठले बताए । ‘मेरो होटलमा समेत एक दर्जन कार्यक्रम रद्द भइसके, अरु रद्द गर्ने क्रममा छन्’, धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहेका श्रेष्ठले भने ।  दैनिक २०० को हाराहारीमा उनको रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा वैशाख लागेपछि दैनिक ५० जनासम्म पनि आउन मुस्किल रहेको उनले बताए । गत वर्षको कोरोना कहरपछि आन्तरिक एवम् बाह्य पर्यटकबाट आत्मनिर्भरतातर्फ लागेको धुलिखेलको होटल–पर्यटन कोरोनाको दोस्रो लहरले निकै प्रभावित हुने देखिन्छ ।  धुलिखेलमा ठूला–साना गरी करीब ६० होटलमा एक हजार शय्या क्षमता रेका छन् । जिल्लास्थित धुलिखेलको होटल–पर्यटनमा मात्रै करीब रू. ५० अर्बको लगानी रहेको संघले जानकारी दिएको छ । करीब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । वैशाख अन्तिम सातासम्मका होटलका बुकिङ रद्द भइरहेको धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेलले बताए । उनको ५० शय्याको क्षमता रहेको होटलमा सरकारको स्वास्थ्य मापदण्डअनुसार हाल २५ लाई मात्र सेवा दिन थालिएको छ । ‘दुई हप्ता अघिदेखि नै होटल बुकिङ हुन छाड्यो, बुकिङ भएका पनि धमाधम रद्द हुन थालेका छन्’, प्याकुलेलले भने ।  कोभिड–१९ का कारण पर्यटन क्षेत्रले व्यहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले गत भदौमा विशेष तीन प्याकेजको समेत घोषणा गरेका थिए । ‘स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाई पर्यटन क्षेत्रले व्यहोर्नुपरेको क्षति न्यूनीकरणलाई प्याकेजले पर्यटकको सेवामा विशेष प्याकेजसहित तल्लीन भएका थियौँ, दोस्रो लहरले पुनः थल्याइदिने भयो’, श्रेष्ठले गुनासो गरे । संघले ‘कल्चर एण्ड नेचर’, ‘फिलिङ सुरपरम्यान’ र ‘तीनधारे झरना’ विशेष प्याकेज सञ्चालन गर्दै आएको थियो । साथै हाइकिङ र हजार सिँढी चढ्दै देवीस्थानमा रहेको कालीदेवीको दर्शन तथा शान्ति वनस्थित बुद्ध मूर्तिको अवलोकन प्याकेजमा अनिवार्य गराइएको थियो । पर्यटकीयस्थल धुलिखेल संघीय राजधानी काठमाडौंबाट ३० किलोमिटरको दूरीमा अवस्थित छ । धुलिखेल राजधानीबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको अलावा काठमाडौं, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दछन् । रासस