प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयहरूमा पार्टीका कार्यकर्ता भर्ती गरेर प्रदेश सरकारको व्ययभार बढाउन थालेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मन्त्री नियुक्ति नै नगरी मुख्यमन्त्री राईले चार जनालाई स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।