लगानी आकर्षणका लागि औद्योगिक कानुनमा सुधार गरियो : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न सरकारले औद्योगिक कानुनमा सुधार गरिएको बताए। सोमबार काठमाडौंमा आयोजित ‘इन्भेष्टमेन्ट क्लाइमेट रिर्फम इन नेपाल’ सम्बन्धी परामर्श कार्यशालालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले विश्व भरका लगानीकर्तालाई आकर्षित गर्न औद्योगिक कानुनला...

सम्बन्धित सामग्री

मोतिपुर औद्योगिक क्षेत्र विवादले ईआईए टुंगिएन

बुटवल– रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र निर्माणको साढे दुई वर्षअघि नै शिलान्यास भएको थियो । तर निर्माणको काम भने अलपत्र छ । २०७७ फागुनमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टले स्थानीयको तीव्र आक्रोसका बाबजुद मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । तर शिलान्यासबाहेक अरु कामअघि बढ्न सकेको छैन । २०७२ साल चैत १ गते […]

महिला औद्योगिक पार्कको सञ्जाल देशैभर आवश्यकः अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा निर्माण भइरहेको नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्रामको सञ्जाल देशैभर विस्तार गर्न आवश्यक रहेको बताएका छन् । दक्षिण एसियाली महिला मञ्चले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसकेको र यसको काम प्राथमिकताका साथ अघि बढाइने बताए । “महिला औद्योगिक […]

औद्योगिक पार्क निर्माणका लागि ३ अर्ब ७९ करोड

झापा– सरकारले झापाको दमकमा औद्योगिक पार्क निर्माणका लागि ३ अर्ब ७९ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले झापाको दमकमा औद्योगिक पार्क निर्माणका लागि ३ अर्ब ७९ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताए ।देशका विभिन्न प्रदेशमा औद्योगिक पार्क निर्माण गर्ने क्रममा झापाको दमकमा औद्योगिक पार्क […]

औद्योगिक पूर्वाधार निर्माणमा ३ अर्ब बजेट

सरकारले औद्योगिक पूर्वाधार निर्माण गर्न ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै औद्योगिक पूर्वाधार निर्माणमा ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।उक्त रकम देशका विभिन्न स्थानमा औद्योगिक पूर्वाधार निर्माणमा लगानी गरिने छ । यस्तै, औद्योगिक ग्राम र औद्योगिक क्षेत्रको निर्माणमा समेत लगानी गरिने छ ।

औद्योगिक क्षेत्रमा ठोस लगानी नभइ मुलुक आत्मनिर्भर हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौं, साउन ६ । अर्थमन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतीमा बदल्नुपर्ने बताउनुभएको छ । बुधवार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा अर्थमन्त्री शर्माले यसका लागि नीतिगत र योजनागत रुपमा नयाँ संकल्पको खाँचो रहेको औंल्याउनुभयो । उहाँले स्थानीय तथा प्रदेशस्तरमा साना उद्योगहरुको सञ्जाल निर्माण गर्दै ठूला उद्योगहरु स्थापना गर्न आवश्यक रहेको पनि बताउनुभयो […]

औद्योगिक क्षेत्र शिलान्यास गर्ने स्थानमा स्थानीयको नाराबाजी

रूपन्देहीको मोतीपुरमा शुक्रवार शिलान्यास गर्ने तयारी रहेको मोतीपुर औद्योगिक क्षेत्रमा तनाव भएको छ । स्थानीयले आफू व्यवस्थान नगरी औद्योगिक क्षेत्र बनाउन थालिएको भन्दै शिलान्यास स्थल नजिकै नाराबाजी गरेका छन् ।  औद्योगिक क्षेत्रको आज अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम छ ।   बिहीबार शिलान्यासको लागि तयार गरिएको मञ्च स्थानीयले भत्काइदिएका थिए । उक्त स्थानमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ । स्थानीयको वैकल्पिक वैकल्पिक व्यवस्था नभएसम्म र मुआब्जा नदिएसम्म शिलान्यास गर्न नदिने भन्दै...

स्थानीयले भत्काईदिए अर्थमन्त्री सहभागी हुने कार्यक्रमको मञ्च

बुटवल : अर्थमन्त्री विष्णु पौडेल गृहजिल्ला आएसँगै शिलान्यास र उद्घाटनमा व्यस्त हुन्छन्। बिहीवार तिलोत्तमा नगरपालिकाको भवन उद्घाटन गरेका अर्थमन्त्रीको शुक्रवारको लागि मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। सोही कार्यक्रमको लागि निर्माण भइरहेको मञ्च स्थानीयले फालेका हुन्। मोतिपुर औद्योगिक क्षेत्रको निर्माणको क्रममा आफूहरूको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै…