प्रदेश १ सरकारले आगामी आर्थिक वर्षदेखि दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गरेको बजेटमा उक्त कुरा उल्लेख छ । बजेट वक्तव्यका क्रममा उनले किसानलाई सोझै उपलब्ध हुने गरी अनुदान वितरण गरिने बताएका छन् ।‘व्यवसायिक रुपमा दूध, चैते धान र मकै उत्पादन गर्ने विशेष उत्पादन क्षेत्रहरुमा उत्पादनका आधारमा प्रोत्साहन उपलब्ध गराउने व्यवस्था गरेको छु,’ बजेट वक्तव्यको बुँदा नम