नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेकपाको निरन्तरता सहित विरासत बोकेको पार्टी भएको बताएका छन् । शुक्रबार विधान महाधिवेशनमा आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले भने, ‘नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले । यो एकीकृत पार्टी हो । यो एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन पनि हो ।’उनले एमाले र माओवादी बीच २०७३ जेठ ३ गतेको एकीकरणपछि बनेको नेकपा केही व्यक्तिका कारण एकताले पूर्णता नपाएको भन्दै अदालतको फागुन २३ गतेको फैसलाले पूर्ववत् अवस्थामा फर्काएकाले