माओवादीलाई क्लिन स्वीपबाट जोगाएका वडाध्यक्ष एमालेमा प्रवेश

 स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई ‘क्लिन स्वीप’ हुनबाट बचाएका वडाध्यक्ष एमालेमा प्रवेश गरेका छन् । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नन्दकुमार राई एमाले प्रवेश गरेका हुन् । सन्दकपुर गाउँपालिकामा नेपाली काँग्रेस क्लिन स्वीप हुँदा राई माओवादीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । सन्दकपुर गाउँपालिकामा मात्रै होइन उनी इलामका दश वटा पालिकामा माओवादी केन्द्रबाट निर्वाचित हुने एक्ला वडाध्यक्ष हुन् । इलामका ८१ वडामध्ये एमालेले ४८ वडाध्यक्ष, नेपाल

सम्बन्धित सामग्री

नेपालगञ्जका पूर्व वडाध्यक्ष बेहना एमाले प्रवेश

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का पूर्व वडाध्यक्ष सफिक बेहना एमालेमा प्रवेश गरेका छन्। उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओली‍ले पार्टी प्रवेश गराएका हुन्। अघिल्लो चुनावमा राप्रपाबाट वडा नं. ४ का अध्यक्ष बनेका बेहना राप्रपाका महामन्त्री एवं बाँके क्षेत्र नं. २ का सांसद डा. धवलशमशेर राणाका निकट मानिन्थे। तीन महिनाअघि नेपालगञ्ज उद्योग वाणिज्य संघको […]

स्वतन्त्रबाट वडाध्यक्ष जितेका भट्टराई एमाले प्रवेश

गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा स्वतन्त्र रुपमा चुनाव लडेर जितेका सर्लाहीको लालबन्दी नगरपालिका १ का वडाध्यक्ष हरि बहादुर भट्टराई नेकपा एमालेमा प्रवेश गरेका छन्।...

पूर्व वडाध्यक्षसहित माओवादीका सयौँ कार्यकर्ता एमालेमा प्रवेश

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा नेकपा माओवादी केन्द्रका पूर्व वडाध्यक्षसहित सयौँ कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । मङ्गलवार विदेह नगरपालिका ४ ठाढीमा आयोजित एक कार्यक्रमबिच पूर्व वडाध्यक्ष विनोद रोहितमानसहित माओवादीका ११८ कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । एमाले नेता एवं नगर अध्यक्ष लखन दासले नव प्रवेशीहरुलाई फुलमाला र दोसल्ला ओढाएर पार्टीमा स्वागत गरेका छन् […]

लोसपा छाडेर एमालेमा गए जनकपुर ७ का वडाध्यक्ष साह

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) बालकोटस्थित निवासमा साहलाई एमालेमा प्रवेश गराएका हुन् । एमाले अध्यक्ष ओलीले साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिबद्धता जनाएका छन् । साह जनकपुरधामको मेयर उठ्ने […]

लोसपाबाट सिफारिस भएका वडाध्यक्ष मेयर बन्न एमालेमा प्रवेश

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सिफारिस भएका जानकीराम साह मेयर बन्नका लागि नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार जनकपुरधाम–७ को वडाअध्यक्षमा निर्वाचित समेत रहेका साहले काठमाडौं स्थित बालकोटमा पुगेर एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट टिका टालो गर्दै प्रवेश गरेका हुन् । मेयर पदका प्रत्यासी रहेका साहले लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपालाई परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् । लोसपा नेपालले जनकपुरधाम

बारा आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा एमाले प्रवेश

बारा । बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारी शनिवार (आज) नेकपा एमालेमा प्रवेश गरेका छन् । उनले जनता समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका हुन् । बाराको जयनगर (चिउँटाहा) मा आयोजित विशाल जनसभामा अध्यक्ष अन्सारी आफूनिकट वडाध्यक्ष र पार्टीका नेता कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् । मुस्तफालाई एमालेमा प्रवेश गराउन अध्यक्ष केपी शर्मा […]

कलैया-९ का वडाध्यक्ष अन्सारी एमालेमा प्रवेश

२५ फागुन, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष डाक्टर अख्तर आलम अन्सारी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष हुन् । बुधबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वडाध्यक्ष अन्सारीलाई पार्टीमा स्वागत गरेका छन् । आफ्नो वडालाई नेपालकै नमुना वडा बनाउने सपना पूरा गर्न पार्टी […]

रूपन्देहीका दुई पालिका अध्यक्ष एमाले प्रवेश

बुटवल– रूपन्देहीका दुई वटा पालिका अध्यक्ष, उपाध्यक्षसँगै केही वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन्। रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव, ओमसतिया गाउँपालिका अध्यक्ष हीरा केवट ‘राहुल’ र उपाध्यक्ष सुन्दरीमती कुमारी हरिजन एमालेमा प्रवेश गरेका हुन्। उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सोमबार स्वागत गरेका छन्। यादव यसअघिको निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी […]

काँग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश गरेपछि पद रिक्त

रुपन्देहीको शुद्धोधन गाउँपालिका-७ वडाध्यक्षविहीन भएकाे छ ।  नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शिवपुजन बानियाँ एमालेमा प्रवेश गरेपछि वडा करिब एक महिनादेखि वडाध्यक्षविहीन छ । पद रिक्त रहेकाे जानकारी निर्वाचन आयाेगले सार्वजनिक सूचना जारी गरेर दिएकाे छ । स्थानीय तहका जनप्रतिनिधिले दल परिवर्तन गरेमा जनप्रतिनिधिबाट हट्नुपर्ने व्यवस्था छ । याे जानकारी निर्वाचन आयाेगलाई दिनुपर्छ ।

एमालेप्रति देखिएको जनलहर देखेर सबै आत्तिएः शंकर पोखरेल

नेपालगञ्ज – डुडुवा गाउँपालिका वडा नं. ६, हिरमिनियाका अध्यक्षलगायत जनप्रतिनिधिहरु एमालेमा प्रवेश गरेका छन्। वडाध्यक्ष मोहनराम मिश्र, सदस्यहरु तिरथराम कुर्मी, महिला सदस्य अक्लिमुन निसा शेषलगायत एमालेमा प्रवेश गरेका हुन्। उनीहरुले जनप्रतिनिधिहरु फोरम लोकतान्त्रिकबाट चुनाव जितेका थिए। जनप्रतिनिधि लगायत विभिन्न पार्टी परित्याग गरेर दुई सय बढी एमालेमा प्रवेश गरेका छन्। उनीहरुलाई लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेलले […]