बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले लकडाउनपछि बन्द भएको ओपिडी सेवा पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ ।लकडाउन निरन्तर जारी रहदा इर्मजेन्सीबाहेक विरामीलाई अनलाइनमार्फत उपचार सेवा दिइरहेको प्रतिष्ठानले अब भने ओपिडी सेवा नै सुचारु गर्ने तयारी गरेको हो । ओपिडी सेवा सञ्चालन नहुँदा मुख्य आम्दानीको स्रोत गुमेपछि प्रतिष्ठान आर्थिक संकटमा पर्ने सम्भावना पनि छ । अझै यही अवस्था निरन्तर जारी रहे आफ्ना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई तलब खुवाउन पनि नसक्ने अवस्थामा पुग्ने उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले जानकारी दिए ।