नर्भिक अस्पतालको यूरोलोजी टिमले फागुन २१ गते शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो । केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० देखि ११ः३० बजेसम्म (२ घण्टा) संचालन हुने अस्पतालले जनाएको छ । मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले ओपिडीमा सहभागी भई परामर्श सेवा लिन सक्छन्