सुर्खेत : जुम्लामा हिउँमा फसेकालाई उद्धार गर्न कर्णाली सरकारले हेलिकप्टर पठाएको छ।जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकप्टर पठाइएको मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए।उनका अनुसार हेलिकप्टर जाजरकोट र जुम्लाको सीमामा रहेको गाग्रा पाटन पुगेर हिउँमा फसेकालाई उद्धार गर्नुका साथै तत्कालका लागि खाद्यान्न वितरण गर्नेछ।हिउँ पाँच फिट जति परेको र त्यहाँ हेलिकप्टर बस्न सक्ने अवस्था नभएपछि भोकबाट बचाउन तत्कालका लागि खानेकुरा खसालिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका