रुकुम पश्चिम – जाजरकाेटमा दुई ओटा बच्चा जन्माएकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका-५ की २५ वर्षीया सरस्वती रावललाई रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट उद्धार गरिएको हो । उहाँलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरेर आज सुर्खेत लगिएको छ ।
स्थानीय स्वास्थ्य संस्थामा दुई वटा जुम्ल्याह छोराको जन्म दिनुभएकी रावललाई रक्तअल्पताको कारण समस्या बढेपछि गएकाे पौष २९ गते चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो । शिशु जन्मेको १४ दिन पछि अस्पतालमा भर्ना ...