प्रशारण लाइनमा चढेका व्यक्तिलाई उद्धार गर्न सेनाको हेलिकप्टर ककनी उड्यो

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको आग्रह पछि नेपाल आर्मीको हेलिकप्टर ककनी तर्फ उडेको छ र अब प्रशारण लाइनमा चढेका व्यक्तिलाई उद्धार गर्न प्रयास गर्नेछ।

सम्बन्धित सामग्री

प्रशारण लाइनमा हिँड्ने पुरुषको सेनाको हेलिकप्टरबाट  उद्धार

नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्रिए प्रशारण लाइनमा हिँडेका पुरुषको उद्दार गरिएको छ । हेलिकप्टर मार्फत टिम परिचालन गरेर पुरुषको सकुशल उद्दार गरिएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले रातोपाटीलाई बताए । प्रशासन लाइनमा झुन्डिएर हिँड्ने पुरुष नुवाकोटको बेलकोट गढी नगरपालिका–१२ घर भएका माइला बिक हुन् । शनिवार दिउँसो बिक ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशासन लाइनबाट बिजुलीको तारमा चढेका थिए । स्थानिय बासी र प्रहरीले आग्रह गर्दा नमानेपछि सेनालाई उद्धारमा परिचा

बिजुलीको तारैतार हिडिरहेका माइलालाई सेनाले समात्यो

नुवाकोटको ककनी गाउँपालिकास्थित एक विद्युत पोलमा चढेर तारैतार हिडेका ४४ वर्षका माइला विकको झण्डै ७ घण्टापछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ।मानसिक सन्तुलन ठिक नभएका माइलालाई शनिबार बिहान करिब ११ बजेतिर स्थानीयले बिजुलीको पोलमा चढेको देखेका थिए । उनीहरुले तल झर्न अनुरोध गर्दा पनि नमानेपछि प्रशासनलाई खबर गरेका थिए । उनी विद्युतको तारमा रहेको थाहा पाएपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको विद्युत् प्रवाह बन्द गरिएको थियो ।उनलाई बिशेष सावधानीका साथ नेपाली सेनाको हेलिकप्टरमार्फत तल झारीएको हो । सेनाको ४ जनाको टोली हेलिकप्टर लिएर त्यहाँ पुगेको थियो ।ककनी गाउँपालिका वडा नम्बर ७ मा रहेको विद्युतको हाइटेन्सन लाइनको तारमा उनी तारमा झुण्डिएका थिए । बेलकोटगढी नगरपालिका– १३ घलेगाउँका ४४ वर्षीय उनको मानसिक अवस्था असन्तुलन रहेको स्थानीयवासीले जनाएका छन् । स्थानीय हरि गुरुवाचार्यले फेसबुकमार्फत फोटो र भिडिओ सार्वजनिक गरेपछि अहिले सर्वत्र यो विषयको चासो छ ।