गत वर्ष चैतको अन्तिममा इन्टरपोलका डीएसपी निशान्त श्रीवास्तवको टोली दुबईमा रहेका एक अभियुक्तलाई लिन काठमाडौंबाट हिँडे । तेह्रथुमको आठराई गाउँपालिका–४ मा भएको श्रीमती महिलाको हत्यामा संलग्न भन्दै मुख्य योजनाकार मानिएका काजीमान पुरी खासमा दुबईमा थिए ।दुबईमै बसेर उनले नेपालमा रहेकी श्रीमतीको हत्या योजना बनाए । योजनाअनुसार केही रकम खर्च गरेर भाइहरुमार्फत् श्रीमतीको हत्या गराए अनि दुबईकै लुकेर बसिरहे ।मुख्य योजनाकार र अभियुक्त मानिएका व्यक्ति विदेशमै भएपछि जिल्ला अदालत तेह्रथुमले नेपाल प्रहरीलाई