१, सुख र दुःख भन्ने कुरा मनको खेल बाहेक केही होइन । जब हामी सुखले छाडेपछि त्यसको सम्झना गर्न थाल्छौँ त्यही नै दुःख हो । २, जब हामी सुखको लोभ गर्न थाल्छौँ तब त्यही लोभ नै दुःखको कारण बन्न पुगिरहेको हुन्छ । ३, जब हामी आफू र आफ्नो कर्तव्यलाई भुलेर सुखसयलमा रमाउन थाल्छौँ त्यतिबेला हामीलाई र हाम्रो कर्तव्य बोध गराउन दुःख आउने गर्छ । ४, साँच्चै भन्नुपर्दा हामीलाई सुख के हो र दुःख के हो भन्ने नै थाहा छैन । किनकि हामीले आफ्नो मनको इच्छा पूरा हुनुलाई सुख र नहुनुलाई दुःख मान्ने गरेका छौँ त