गुल्मीमा एक घरमा आगलागी

गुल्मीको मुसिकोट नगरपालिकाका घरमा गए राती आगलागी भएको छ ।  जिल्लाको मुसिकोट नगरपालिका– ४ हलोगाढे बारुखा हलोगाडेका शिक्षक गुप्तबहादुर कार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।मुसिकोट माविका शिक्षक बाबुराम शर्माले गए राति नै प्रहरी आए पनि क्षतिको पूर्ण विवरण आई नसकेको बताए । उनका अनुसार करिब २० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले धनमाल क्षति भए पनि मानवीय र चौपायाको क्षति नभएको बताए ।