पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको नारायणगढ पुल्चोक–गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा फसेर एक गैंडाको मृत्यु भएको छ । चितवन भरतपुरको टिकौली जंगल छेउको प्रहरी बिट अगाडि सडक विस्तारका लागि बनाइएको...
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६ महिनाको अवधिमा सातवटा गैंडाको मृत्यु भएको छ । यो आर्थिक वर्षको ६ महिना सकिँदै गर्दा यस्तो तथ्यांक सार्वजनिक भएको हो । निकुञ्जको गस्ती टोलीले आइतबार बिहान निकुञ्जको पश्चिम क्षेत्रमा एउटा पोथी गैंडा मृत भेटेको थियो । चितवन निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले […]
काठमाडौं – सरकारले चितवनको गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई तीन अर्बको ठेक्का दिएको छ। लुम्बिनी प्रदेशको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले आइतबार कांग्रेस निकट प्रभावशाली ठेकेदार रमेश शर्मा र सहदेव खड्काको संयुक्त कम्पनी (शर्मा सगुन जेभी) लाई आयोजनाको पहिलो चरणको ठेक्का दिएको हो। खड्का चितवनको भरतपुरको नालीमा परेर गैंडाको मृत्यु प्रकरणमा मुछिएका ठेकेदार हुन्। […]
२६, साउन, चितवन । नारायणी नदीले बगाएर २५ वर्षको भाले गैंडाको मृत्यु भएको छ । गत साउन १२ गते बाढीले बगाएर ल्याएको गैंडा मृत अवस्थामा गण्डक ब्यारेजमा भेटिएको निकुञ्ज स्रोतले जनाएको छ । भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोका नजिक मृत फेला परेको गैंडालाई चितवन राष्ट्रिय निकुञ्ज तथा भारतको बाल्मिकी टाइगर रिर्जभको प्राविधिक टोलीले पोष्टमार्टम गरी भारतमा […]
२६ माघ, चितवन । चितवनको भरतपुरमा निर्माणाधीन ६ लेनको गोन्द्राङ-पुलचोक सडकखण्डमा बनाइएको नालीमा परेर गत माघ ९ गते गैंडाको मृत्यु भएको घटना छानबिन समितिले प्रतिवेदन बुझाए पनि अझै सार्वजनिक गरिएको छैन । चितवन राष्ट्रिय निकुञ्जले सो घटनाका दोषी भन्दै सडक निर्माणको जिम्मा लिएका ठेकेदारलाई माघ १३ गते पक्राउ पूर्जी जारी गरे पनि उनी अझै पक्राउ […]
काठमाडौँ, १० माघ। चितवनको गोन्द्राङमा नालामा खसेर दुर्लभ एक सिगे गैडाको मृत्यु भएको छ । हिजो दिउँसो करिब ३ बजे पुर्ब-पश्चिम राजमार्गको छेउमा रहेको नालामा गैंडा खसेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । भरतपुर माहानगर पालिकाले ६ लेन सडक बनाउने काम गरिरहेको छ । सोही स्थामा गैंडा सडक पार गर्न खोज्दा खसेको हुन […]
चितवन– टिकौली जंगलको नजिकै बाटो पार गर्ने क्रममा नालीमा खसेर एउटा गैंडाको मृत्यु भएको छ। पूर्वपश्चिम लोकमार्गमा उत्तरबाट पश्चिम जाने क्रममा दौडिएर पार गर्ने क्रममा निर्माणधीन नालीमा परेर मृत्यु भएको अनुमान निकुञ्जको छ। करिब अपरान्ह ३ बजेको समयमा बाटो विस्तारको क्रममा बनाउन लागिएको नालीमा खसेर घोप्टो पर्दा गैंडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण […]
चितवन । चितवनमा बन्दै गरेको सडकको नालीमा परेर एक गैंडा मरेको छ। जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार नारायणघाट(हेटौँडा सडक खण्डको गोदराङ भन्ने ठाउँमा नालीमा परेको पोथी गैंडा आइतबार दिउँसो मरेको हो। उक्त सडक ६ लेनको बन्दै छ। खनालका अनुसार नालीमा खसेको गैंडा चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रबाट आएको देखिन्छ। गैंडा नालीमा परेको […]
चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारीका कारण मृत्यु हुने गैंडाको संख्यामा वृद्धि आएको छ । विगतको आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा चोरी शिकारी तथा तस्करीका कारण मृत्यु हने गैंडाको संख्या बढेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा ४ वटा गैंडको चोरी शिकारीका कारण मुत्यु भएको छ ।निकुञ्जमा गत आर्थिक वर्षको विभिन्न समयमा मृत्यु भएको कुल ३२ वटा गैंडा मध्ये ४ वटा चोरी शिकारीका कारण मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोक